default_image

3 years ago

April 30, 2022

एशियाड – ब्याडमिन्टनबाट १४ खेलाडी छनोट

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९औं एसियाली खेलकुदका लागि भएको ब्याडमिन्टनको छनोट सम्पन्न भएको छ ।

नेपाल ब्याडमिन्टन संघले बैशाख १५ गतेदेखि तीन दिन सम्म ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा गरेको छनौटबाट उच्च १० बरियता प्राप्त खेलाडीबाट पुरुष र महिलातर्फ ७–७ खेलाडीको चयन गरेको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।

उनले कोटा निर्धारण पश्चात यहि छनोट भएका खेलाडीबाट एशियाली खेलकुदका लागि बरियताका आधारमा खेलाडी छनोट गरिने जानकारी गराए ।

दुई दिनसम्म चलेको छनोट प्रतियोगिताबाट पुरुषतर्फ विश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाल, नविन श्रेष्ठ, प्रफुल महर्जन, राष्ट्रिय च्याम्पियन तथा शीर्ष परीयताका दिपेश धामी, बिष्णु कटुवाल, साजन कृष्ण ताम्राकार र सुदीप सेढाई छनोट हुन सफल भए ।

यस्तै महिलातर्फ राष्ट्रिय च्याम्पियन रशिला महर्जन, नङ्शलदेवी तामाङ, जेशिका गुरुङ, अनुमाया राई, निता लम्साल, सुनयना मुखिया र शोभा गौचन प्रारम्भिक चरणमा छनोट हुन सफल भइन् ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.