default_image

3 years ago

April 30, 2022

प्रदीप र सलोनीलाई उपाधि

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र सलोनी तामाङले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्सतर्फको उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा प्रदीपले प्रणव खनाललाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला फाइनलमा सलोनीले अभिलाषा विष्टलाई ६–०, २–६ र ६–० को सेटमा हराउँदै उपाधि जितिन् । समग्र करियरमा प्रदीपको चौथो र सलोनीको पाँचौं सिंगल्स उपाधि हो ।

प्रदीप र सलोनीको जोडीले मिक्स डबल्स पनि विजेता बनेका थिए । सो स्पर्धामा पनि प्रणव र अभिलाषा उपविजेतामै सीमित भएका थिए । पुरुष-महिला सिंगल्सका विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार हात पारे ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले कमल भण्डारीलाई ६–२ र ६–२ को सीधा सेटमा फाइनलमा पाखा लगाउदै पहिलो स्थान हात पारे ।

३५ वर्षमाथि पुरुष डबल्समा दावा शेर्पा र जितेन्द्र परियारको जोडी शीर्ष स्थानमा रहे । उक्त जोडीले फाइनलमा कमल भण्डारी र सुमित मैनालीको जोडीलाई ६–२ र ६–४ ले पन्छाए । ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घलेको जोडी विजेता बने ।

विजेता जोडीले फाइनलमा यज्ञबहादुर भण्डारी र रोहित सुनुवारको जोडीलाई ४–६, ६–४ र १०–७ ले निराश पारे । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले बाजी मारे । दीपकमान श्रेष्ठ विरुद्धको फाइनलमा थापाले पहिलो सेट ४–० ले आफ्नो पक्षमा पारे । दोश्रो सेटमा थापा ३–० ले अघि रहेको अवस्थामा श्रेष्ठ ‘रिटायर्ड हर्ट’ भएपछि थापा विजेता भए । ५

५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङले फाइनलमा निरञ्जनकुमार श्रेष्ठमाथि ६–२ र ६–० को सहज जित रचे । विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, आयोजक काठमाडौं तथा नेपाल टेनिस संघका महासचिव मनोहरदास मुललगायतले पुरस्कृत गरे ।

बैशाख ११ गतेदेखि सुरु प्रतियोगितामा १ सय ७८ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । दसै स्पर्धामा नगद पुरस्कार राखिएको थियो । कुल नगद पुरस्कार ५ लाख १७ हजार ५ सय रहेको थियो । खेल राखेपको कोर्टसहित आर्मी अफिसर्स क्लब, भद्रकालीको कोर्टमा पनि भएको थियो ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.