3 years ago
April 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाई तेस्रो संस्करणको वीर गणेशमान सिंह स्मृति १० के रोड रेसको च्याम्पियन बनेका छन् ।
शनिबार बिहान भएको स्पर्धामा गोपी पुरुषतर्फ तथा राजपुरा महिलामा च्याम्पियन बनेको हो । गोपीले निर्धारित १० किलोमिटर ३१ मिनेट ११.४ सेकेण्डमा पूरा गरे । दोस्रो भएका आर्मीका दीपक अधिकारीले ३१ मिनेट १५.२ सेकेण्डमा दुरी पुरा गरे । आर्मीकै राजन रोकायाले ३१ मिनेट २०.४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए । अनिष थापा मगर र गजेन्द्र राई चौथो र पाँचौ भए ।
महिलातर्फ राजपुराले निर्धारित दुरी ३७ मिनेट १०.५ सेकेण्डमा पुरा गर्दै पहिलो हुन सफल भइन् । दोस्रो भएकी पुष्पा भण्डारीले ३८ मिनेट ०४.३ सेकेण्ड तथा तेस्रो भएकी वृन्द्रा धनके श्रेष्ठले ४० मिनेट २८.९५ सेकेण्डमा दुरी पुरा गरिन् । कल्पना खड्का र सीमा चौधरी चौथो र पाँचौं भइन् ।
१० किमि रोड रेसको विजेता गोपीचन्द्र र राजपुराले समान ६० हजार रुपैया र शिल्ड पाए । दोस्रो भएका दीपक र पुष्पाले ३० हजार, तेस्रो भएका राजन र वृन्द्रा धनके श्रेष्ठले १५ हजार र चौथो भएका अनिष र कल्पनाले १० हजार तथा पाँचौ भएका गजेन्द्र र सीमा चौधरीले जनही ५–५ हजार नगद पाए ।
नयाँ कीर्तिमान बनाएका गोपी र राजपुराले थप १०–१० हजार रुपैयाँ हात पारे । गोपीले आफ्नै नाममा रहेको तथा राजपुराले सन्तोषी श्रेष्ठको नाममा रहेको ३७ मिनेट ५३.४५ सेकन्डको कीर्तिमान तोडेकी हुन् ।
रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बाल मन्दिर, पुलिस हेडक्वार्टर दक्षिण गेट, गैरीधारा, राज दरबार उत्तरपूर्व मोड, नागपोखरी, जय नेपाल सिनेमा घर हुँदै पुनः शेर्पा मल दरबारमार्गमा आएर टुंगिएको थियो ।
५ किमितर्फ पुरुषमा विभागीय त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलामा एपिएफकी फुलमती राना पहिलो भइन् । मुकेशले निर्धारित दुरी १४ मिनेट ३३.९ सेकेण्डमा पुरा गरिन् । एपिएफका सन्तोष विक्रम विष्टले १४ मिनेट ५९.९ सेकेण्डसहित दोस्रो भए । १५ मिनेट ११.१ सेकेण्डमा दुरी पुरा गर्दै आर्मीका सुवास कार्की तेस्रो भए । सन्जय श्रेष्ठ, किरण महर्जन, मिलन कार्की, रमेश डंगोल, दिनेश बोगटी, सन्जीव नेपाली र हरि कुमार रिमाल क्रमश चौथो देखि १०औं भए ।
फुलमती रानाले १७ मिनेट ४२.४ सेकेन्डमा दुरी पार गर्दै पहिलो भइन् । आर्मीकी निर्मला केसीले १८ मिनेट १५. ३४ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो तथा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने १८ मिनेट २३.९४ सेकेन्डसहित तेस्रो भइन् । राधिका श्रेष्ठ र सरस्वती बोहोरा चौथो र पाँचौ भइन् ।
५ किमितर्फको पुरुष तथा महिला विजेता मुकेश र फुलमतीले समान १५ हजÞार रुपैया हात पारे । दोस्रो भएका सन्तोष र निर्मलाले १० हजार, तेश्रो भएका सुवास र उषाले ७ हजार, चौथो भएका सन्जय र राधिकाले ५ हजार तथा पाँचौ भएका किरण र सरस्वतीले समान ३ हजÞार प्राप्त गरे । छैटौं देखि १०औं स्थानसम्म प्राप्त गर्नेले गिफ्ट ह्याम्पर पाए ।
५ किमि दौड शेर्पा महल दरबारमार्गबाट सुरु भई महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट हुदै पुनः शेर्पा मलमा पुगेर टुंगिएको थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका युग पुरुष गणेशमान सिहको स्मृतिमा बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले आयोजना गरेको रोड रेसमा ४११ जना धावकको सहभागिता रहेको थियो ।
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]