default_image

3 years ago

April 29, 2022

प्रदीप र सलोनीको जोडी च्याम्पियन

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –प्रदीप खड्का र सलोनी तामाङको जोडी आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार च्याम्पियन बनेका छन् ।

प्रदीप र सलोनीको जोडीले प्रणव खनाल र अभिलाषा विष्टको जोडीलाई ७–६ र ६–३ को सोझो सेटमा पराजित गरे । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाहीले रोहित सुनुवारलाई ६–३ र ६–४ को सीधा सेटमा हराउदै पहिलो भए । ५५ वर्षमाथि पुरुष डबल्समा कमल थापा र छ्याम्बा डुन्डुपले सुवर्ण धाक्वा र कृष्णराज घलेको जोडीलाई फाइनलमा ७–५, १–६ र १०–६ ले पाखा लगाउदै शीर्ष स्थानमा रहे ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रदीप खड्काले प्रणव मानन्धरलाई ७–५ र ६–३ तथा प्रणव खनालले सन्तोष खत्रीलाई ६–१ र ६–२ ले पन्छ्याउदै फाइनलमा पुगे । महिला सिंगल्समा सलोनी तामाङले सर्वानी श्रेष्ठलाई ६–१ र ६–४ तथा अभिलाषा विष्टले इशाश्री शाहलाई ६–२ र ६–४ को सेटमा निराश पार्दै स्वर्ण भिडन्त पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले दावा शेर्पालाई ६–३, ४–६ र १०–४ तथा जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६–२ र ६–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले विदुर विष्टलाई ४–२ र ४–१ तथा दीपक श्रेष्ठले भरत रायमाझीलाई ४–१ र ४–१ ले हराउदै फाइनलमा स्थान पक्का गरे ।

५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङले प्रदीपबहादुर शाहलाई ६–२ र ६–२ तथा निरञ्जनकुमार श्रेष्ठले ध्रुवबहादुर गुरुङलाई ६–४ र ६–१ को सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घलेको जोडीले राजु क्षेत्री र हेमराज ढकालको जोडीलाई ६–३ र ६–१ यज्ञबहादुर भण्डारी र रोहित सुनुवारको जोडीले शिवप्रसाद सेढाईं र विभु कायश्थको जोडीलाई ६–१ र ६–३ को सेटमा पराजित गरी फाइनलमा स्थान बनाए ।

३५ वर्षमाथि पुरुष डबल्समा कमल भण्डारी र सुमित मैनालीको जोडीले राजु क्षेत्री र ईश्वर जिसीको जोडीलाई ७–५, ५–७ र १०–७ तथा दावा शेर्पा र जितेन्द्र परियारको जोडीले अनिल साइ र समिर शेरचनको जोडीलाई ६–३ र ६–१ को सेटमा हराउदै फाइनलमा पुगे ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.