3 years ago
April 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बक्सिङतर्फ सातदोबाटोमा तीन दिनसम्म चलेको छनोटबाट विभिन्न तौल समूहबाट महिला र पुरुषतर्फ समान १६ जना खेलाडी बन्द प्रशिक्षणका लागि छानिएका छन् ।
महिलातर्पm ५१ केजी तौल समुहमा मिनु गुरुङ, ललिता महर्जन, सुस्मा तामाङ र रिता दर्लामी, ५७ केजीमा चन्द्रकला थापा, विमला श्रेष्ठ, हेमा राई र निशा तामाङ, ६० केजीमा संगीता सुनार, पुनम रावल, देचेन शेर्पा, वर्षा श्रेष्ठ तथा ६९ केजीमा सरस्वती रानामगर, सविना श्रेष्ठ, विनीता थापा मगर र निरु गुरुङ छनोट हुन सफल भएका हुन् ।
यस्तै पुरुषतर्फ ५२ केजीमा चन्द्र बहादुर थापा, प्रदिप महर्जन, लक्ष्मण राई र प्रेम चौधरी, ६७ केजीमा सुरज महर्जन, पुरन राई, ईन्द्र बहादुर सुनार र शम्भु राजवंशी, ६३ केजीमा भुपेन्द्र थापा, लालु आले, निशान दाश र सोनाम सार्की तथा ७५ केजीमा दीपक श्रेष्ठ, सनिल शाही, दिपेश लामा र साजन तामाङ बन्द प्रशिक्षणमा पर्न सफल भएका छन् । निकट भविष्यमा राखेपसँग समन्वय गरी बन्द प्रशिक्षण शुरु गरिने नेपाल बक्सिङ संघले जनाएको छ ।
बक्सिङ रिङमा शुक्रबार भएको पुरुष ५७ केजी तौल समुहमा बागमती प्रदेशका सुरज महर्जनले एपिएफका पुरन राईलाई ५–० अंकको आधारमा पराजित गरे । ५२ केजी तौल समुहमा पुलिसका चन्द्र बहादुर थापाले बागमतीका लक्ष्मण राईलाई नेपाल ५–० अंकको आधारमा हराए ।
६३ केजी तौल समुहमा पुलिसका भुुपेन्द्र थापाले एपिएफका सोनाम सार्कीबाट वाकओभर पाए । ७५ केजी तौल समुहमा आर्मीका दीपक श्रेष्ठले आफ्नै क्लबका दिपेश लामाबाट वाकओभर पाए ।
महिलातर्फ ५१ केजी तौल समुहमा बागमतीकी सुस्मा तामाङले आर्मीकी मिनु गुरुङबाट वाकओभर पाइन् । ५७ केजीतौल समुहमा आर्मीकी बिमला श्रेष्ठले हेमा राईलाई ४–१ अंकको आधारमा हराइन् ।
६० केजी तौल समुहमा संगिता सुनारले आर्मीकी वर्षा श्रेष्ठलाई एबिडिको पराजित गरिन् । ६९ केजी तौल समुहमा एपिएफकी सरस्वती रानाले आर्मीकी सविना श्रेष्ठलाई ५–० अंकको आधारमा हराइन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]