default_image

3 years ago

April 29, 2022

एसियाडलाई एथलेटिक्सबाट २० खेलाडी बन्द प्रशिक्षणलाई छनोट

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघले आसन्न १९औं एसियन गेम्स (एसियाड) का लागि प्रारम्भिक चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा बिहीबार र शुक्रबार भएको छनोटबाट पाँच स्पर्धाका लागि २० खेलाडी छनोट गरिएको संघका सचिव आरके विष्टले जानकारी गराए ।

८०० र १५ सय मिटर दौडमा पुरुषमात्र तथा ५ हजार, १० हजार मिटर र म्याराथनमा पुरुष र महिला दुवैको छनोट प्रतिस्पर्धा गरिएको थियो । ८०० र १५ सय मिटर दौडका लागि ५ जना खेलाडी छनोट गरिएको छ । यसमा एसियन युथ च्याम्पियन अजितकुमार यादवसहित कीर्तिमानी सोम बहादुर कुमाल, सुनिल सुनुवार, तेजबहादुर कार्की र सन्जीव नेपाली छनोट भएका छन् ।

५ हजार मिटरमा मुकेश पाल, गजेन्द्र राई र नागेश्वर अहिर छनोट भएका छन् । १० हजार र ५ हजार मिटर गरी दुवै स्पर्धाका लागि पुरुषतर्फ गोपीचन्द्र पार्की र दीपक अधिकारी तथा महिलातर्फ सन्तोषी श्रेष्ठ, राजपूरा पछाई र फूलमती राना छानिएका छन् ।

म्याराथनतर्फ ४ पुरुष र तीन महिला गरी ७ खेलाडी छनोट भएका छन् । पुरुषतर्फ कृष्णबहादुर बस्नेत, खडकबहादुर खड्का, नरेन्द्र रावत र होमलाल श्रेष्ठ तथा महिलातर्फ ढाका म्याराथनकी स्वर्ण विजेता पुष्पा भण्डारी, विन्द्रा धानके श्रेष्ठ र रेखा विष्ट छनोट भएका छन् । नवौं राष्ट्रिय खेलकुद नै एसियाडको अन्तिम छनोट हुने सचिव विष्टले बताए ।

‘हामीलाई कति इभेन्ट्समा प्रतिस्पर्धा गर्ने भनेर जानकारी आइसकेको छैन । सम्भावित इभेन्ट्सलाई मध्यनजर गरेर नै छनोट प्रतियोगिता गर्दै बन्द प्रशिक्षणका लागि हामीले प्रारम्भिक चरणमा २० खेलाडी छनोट गरेका हौं ।’ सचिव विष्टले भने, ‘एक इभेन्ट्समा एक अथवा दुई जना हुनसक्छ । अहिले बन्द प्रशिक्षणमा लागि मात्रै छनोट गरेका हौं । अब नवौंमा यसमा छनोट नभएकाले राम्रो नतिजा निकाल्ने पनि छनोट हुन सक्छ । नवौंपछि सबै फाइनल हुनेछ ।’

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.