default_image

3 years ago

April 28, 2022

प्रणव र अभिलाषाको जोडी फाइनलमा

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रणव खनाल र अभिलाषा विष्टको जोडी आठौं सिटिजन्स बैक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

प्रणव र अभिलाषाको जोडीले प्रणव मानन्धर र सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । सो स्पर्धामा प्रदीप खड्का र सलोनी तामाङको जोडीले निसान श्रेष्ठ र प्रकृति श्रेष्ठको जोडीलाई ६–४ र ६–३ को सीधा सेटमा हराउदै फाइनलमा पुगे ।

पुरुष सिंगल्समा प्रदीप खड्काले अकी जुवेन रावतलाई ६–३ र ६–३, प्रणव मानन्धरले सौगात विकलाई ६–२ र ६–३ तथा प्रणव खनालले विवेक मगरलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सन्तोष खत्रीले गौरवप्रताप शाहीबाट वाकओभर पाएर सेमिफाइनलमा पुग्न सफल भए ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारी, दावा सोनाम शेर्पा, जितेन्द्र परियार र सिमान्त गुरुङ सेमिफाइनलमा पुगे । ३५ वर्षमाथि पुरुष डबल्समा कमलबहादुर भण्डरी र सुमित मैनाली, राजु क्षेत्री र ईश्वर जिसी, दावा शेर्पा र जितेन्द्र परियार तथा अनिल साइ र समिर शेरचनले सेमिफाइनल यात्रा तय गरे ।

५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङ, प्रदीपबहादुर शाह, निरन्जन श्रेष्ठ र ध्रुवबहादुर गुरुङले सेमिफाइनलमा स्थान पक्का गरे । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही र रोहित सुनुवारले स्वर्ण भिडन्त निश्चित गरे ।

४५वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, राजु क्षेत्री र हेमराज ढकाल, यज्ञबहादुर भण्डारी र रोहित सुनुवार तथा शिवप्रसाद सेढाईं र बिभु कायश्थले सेमिफाइनलमा स्थान बनाए ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.