3 years ago
April 28, 2022
काठमाडौं (हाम्रो खेलकुद – नेपाल ओलम्पिक कमिटीको आयोजनामा बिहीबार भएको आर्ट फेस्टिबलमा ६२ विद्यार्थीको सहभागिता जनाएको छ ।
ओलम्पिक कमिटिले आगामी सेप्टेम्वरमा चीनको हांग्झोउमा हुने १९औं एसियाली खेलकुद (एसियाड) प्रचार प्रसारका क्रममा आर्ट फेस्टिबलको आयोजना गरिएको हो । विश्व खेलकुदका कुनै ठूलो महोत्सव अगाडि विद्यार्थी सम्मिलित यस्तो महोत्सव आयोजना गर्ने परम्परा छ । फेस्टिबलमा १७ स्कुलका ६२ विद्यार्थीको सहभागिता रहेको छ ।
यी विदार्थीबाट कोरिएको सबै आर्टलाई २० बैशाखमा प्रदर्शनमा राखिने ओलम्पिक कमिटिले जनाएको छ । यसमा सहभागी हुनेमध्येबाट ब्वाइजतर्फ ५ र गल्र्सतर्फ ५ उत्कृष्ट चयन गरिनेछ । यसलाई ओलम्पिक काउन्सिल अफ एसियामा पठाइने छ । थप छनोट गर्दै हांग्झोउमा प्रदर्शनीमा राखिनेछ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले महोत्सवको उद्घाटन गर्दै प्रतिकात्मक रूपमा ओलम्पिकको चित्र कोरेका थिए । उनले चित्रकला र खेलकुदबीच नजिकको सम्बन्ध रहेको बताए । त्यस क्रममा कराँतेका मन्देकाजी श्रेष्ठ र टेबल टेनिसका मुना बासुकलाले आफूले कोरेको चित्रको प्रस्तुती दिएका थिए । त्यसै क्रममा उनीहरूले आफ्नो खेल खेल जीवनको अनुभवबारे बताएका थिए ।
आफू खेलकुदमा कसरी आकर्षित भयो भनेर पनि सहभागी विद्यार्थीसँग अनुभव साटेका थिए । कमिटीका वरिष्ठ उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले चित्रकलाको माध्यमबाट नेपाली खेलकुदबारे नयाँ पुस्तामा जानकारी दिन पाएको खुसी व्यक्त गरे ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]