3 years ago
April 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आर्मीकी मिनु गुरुङ र बागमती प्रदेशकी सुस्मा तामाङ सन् २०२२ को सेम्टेम्वर १० देखि २५ सम्म चीनमा हुने १९औं एशियन गेम्स (एसियाड) को लागि सञ्चालित बक्सिङ छनोटको फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल बक्सिङ संघको आयोजनामा सातदोबाटोमा बिहीबार भएको छनोटको दोस्रो दिन महिलातर्फ ५१ केजी तौल समुहमा आर्मी ‘ए’ की मिनु गुरुङले आर्मी ‘बी’ की ललिता महर्जनबाट वाक ओभर पाइन् । सोही तौल समूहमा बागमती प्रदेशकी सुस्मा तामाङले पुलिसकी रिता धरलालाई एबिडिका आधारमा जित निकाल्दै फाइनलको यात्रा तय गरिन् ।
५७ केजी तौल समुहमा बागमती प्रदेशकी हेमा राईले आर्मीकी चन्द्रकला थापाबाट वाकओभर पाइन् । सोही तौल समुहमा नेपाल आर्मी ‘बी’ की बिमला श्रेष्ठले नेपाल प्रहरी ‘ए’ निशा तामाङलाई ५–० ले हराइन् । ६० केजी तौल समुहमा एपिएफकी संगिता सुनारले बागमती प्रदेशका देचेन शेर्पाबाट वाकओभर पाइन् । सोही तौल समुहमा आर्मी ‘बी’ की वर्षा श्रेष्ठले आर्मी ‘ए’ की पुनम रावलबाट वाकओभर पाइन् ।
पुरुषतर्फ ५२ केजी तौल समुहमा बागमती प्रदेशका लक्ष्मण राईले आर्मीका प्रेम चौधरीबाट वाकओभर पाए । सोही तौल समुहमा पुलिसका चन्द्र बहादुर थापाले एपिएफका प्रदिप महर्जनलाई ४–१ ले हराए । ५७ केजी तौल समुहमा एपिएफका पुरन राईले आर्मीका ईन्द्र बहादुर सुनारलाई ५–० ले हराए । सोही तौल समुहमा बागमतीका सुरज महर्जनले पुलिसका शम्भु राजबंशीलाई ५–० ले हराए ।
६३ केजी तौल समुहमा पुलिसका भुपेन्द्र थापाले आर्मीका लालुआले मगरलाई ५–० ले हराए । सोही तौल समुहमा एपिएफका सोनाम सार्कीले बागमतीका निसान दासलाई ४–१ ले हराए । ७५ केजी तौल समुहमा आर्मीका दीपक श्रेष्ठले बागमतीका साजन थिङ्ग तामाङलाई ५–० ले हराए । सोही तौल समुहमा आर्मीकै दीपेश लामाले बागमतीका सनिल शाहीलाई ३–२ ले हराए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]