default_image

3 years ago

April 27, 2022

विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि चार खेलाडी छनोट

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने चार खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

संघले अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइवा) विश्व महिला बक्सिङ च्याम्पियनसिप –२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट महिला चार बक्सरलाई बन्द प्रशिक्षणमा बोलाइएको जनाएको छ ।

आगमी मे ६ देखि २१ तारिखसम्म टर्कीको इस्तानबुल शहरमा हुने १२औं विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट सुष्मा तामाङ, मिनु गुरुङ, चन्द्रकला थापा र पुनम रावलले प्रतिस्पर्धा गर्नेछिन् । सुष्माले ४८ केजी तौल समुहमा, ५२ केजी तौल समुहमा १३औँ साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी तौल समुहमा चन्द्रकला थापा र ६० केजी तौल समुहमा १३औँ साग स्वर्ण रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी ४ जना खेलाडीहरु गत महिना नै थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलेर आएका खेलाडी हुन् । जसमध्ये पुनम रावलले काँस्य पदक जितेकी थिईन । रावलले जितेको पदक १२ वर्षपछिको नेपालले जितेको पदक हो । १२ वर्ष पहिला हालका आईबा थ्री स्टार कोच दिपक महर्जनले काँस्य पदक जितेका थिए ।

खेलाडीलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार प्रशिक्षक दिपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र साँझ प्रशिक्षण दिईरहेका छन् । च्याम्पियनसिपमा ८३ देशका ३९२ जना खेलाडीहरुले नाम दर्ता गराईसकेका छन् ।

च्याम्पियनसिपमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख, ५० हजार र २५ हजार अमेरिकी डलर नगद पुरस्कार पाउने छ । आसन्न १९औँ एशियन गेम्स (एसियाड) को तयारीको लागि यने प्रतियोगिता अति महत्वपूर्ण हुने संघले विश्वास लिएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.