default_image

3 years ago

April 26, 2022

प्रदीप र प्रणव क्वाटरफाइनलमा

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र प्रणव खनाल आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रदीपले आशिष खड्कालाई ७–६ र ६–२ तथा प्रणवले सक्षमविक्रम शाहलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । त्यसै स्पर्धामा अकी जुवेन रावतले विष्णु नेपालीलाई ६–३ र ६–३, सौगात विकले निजेज महर्जनलाई ६–० र ६–०, प्रणव मानन्धरले निसान श्रेष्ठलाई ५–७, ६–२ र ७–५, सन्तोष खत्रीले कुमार जिसीलाई ६–१ र ६–१, गौरवप्रताप शाहीले प्रमोदबहादुर थापालाई ६–० र ६–० तथा विवेक मगरले मनोज महर्जनलाई ६–० र ६–० को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, रोबर्ट जे. हान, दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, सन्तोष खत्री, राजेन्द्र श्रेष्ठ र सिमान्त गुरुङ क्वाटरफाइनलमा पुगे ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, हरिबहादुर बस्नेत, शरण गुरुङ, गोपी भट्टराई, मनोज शाह, रोहित सुनुवार, महेश श्रेष्ठ र विमल गुरुङले क्वाटरफाइनल यात्रा तय गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, राजु गुरुङ र लाक्पा छिरिङ शेर्पा, निरेशबहादुर श्रेष्ठल र सञ्जय अमात्य, राजु क्षेत्री र हेमराज ढकाल, डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, यज्ञबहादुर भण्डारी र रोहित सुनुवार, रमेश्वर थापा र राजेश क्षेत्री तथा शिवप्रसाद सेढाईं र विभू कायश्थको जोडीले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले बसन्त प्रधानलाई ४–१ र ४–० ले सहजै पन्छाए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.