3 years ago
April 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आगामी सेप्टेम्बरमा चीनको हांग्झोउ शहरमा आयोजना हुने १९औं एसियन गेम्स (एसियाड) का लागि एथलेटिक्स र बक्सिङले प्रारम्भिक खेलाडी छनोट गर्ने भएका छन् ।
नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले आइतबार सूचना जारी गर्दै एसियाली खेलकुदका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा दुईदिने प्रारम्भिक छनोट हुने जनाएका छन् ।
एसियाडमा एथलेटिक्स खेलको पनि सहभागिता हुने हुँदा खेलाडीहरुको दक्षतालाई मध्यनजर गर्दै प्रारम्भिक छनौट प्रतियोगिता गर्नुपर्ने भएकोले काठमाडीको दशरग रंगशालामा २०७९ वैशाख १५ र १६ गतेका दिन छनौट गर्ने जानकारी गराइएको नेपाल एथलेटिक्स संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
छनोटमा सहभागिताका लागि एथलेटिक्स संघले चार मापदण्ड समेत तोकेको छ । जसमा १३औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता खेलाडीहरु, दक्षिण एशियाली खेलकुद पछिका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक विजेता खेलाडीहरु, १३औं दक्षिण एसियाली खेलकुदमा बन्द प्रशिक्षणमा समावेश भएका खेलाडीहरु र म्याराथनको हकमा नेपालगन्ज, पोखरा र प्रधान सेनापति म्याराथनका उत्कृष्ट खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।
छनोटमा ५ विधा समावेश गराइएको छ । जसमध्ये ८०० र १५०० मिटर इभेन्टमा पुरुषको मात्र समावेश छ । ५ हजार र १० हजार मिटर दौड र म्याराथनमा पुरुष र महिला दुवै विधा समावेश गरिएको छ ।
यस्तै नेपाल बक्सिङ संघले एसियाडका लागि प्रारम्भिक खेलाडी छनोटका लागि आयोजना गर्न लागेको अधिराज्यव्यापी खुल्ला बक्सिङ प्रतियोगिताको दुई दिन पछि सरेको छ । यसअघि १२ देखि १५ वैशाखसम्म हुने भनिएको प्रतियोगिता अब १४ देखि १७ बैशाखसम्म सातदोबाटोमै हुनेछ ।
दुई सातापछि नै महिला बक्सरले टर्कीको इस्तानबुलमा आयोजना हुने आइवा वल्ड महिला बक्सिङ च्याम्पियनसिपका लागि जानुपर्ने भएकाले निश्चित तौल समूहमा मात्र एसियाडका लागि प्रारम्भिक छनोट गरी बन्द प्रशिक्षणमा राखिनेछ ।
महिलातर्फ ४८ देखि ५१ केजीमुनि पहिलो र दोस्रो हुने दुई जना, ५४ देखि ५७ केजीमुनि पहिलो, दोस्रो र तेस्रो हुने मध्येको दुई मध्ये १ उत्कृष्ट, ५७ देखि ६० केजीमुनि पहिलो, दोस्रो र तेस्रो हुने २ मध्ये उत्कृष्ट १ जना गरी ३ जना र ६४ देखि ६९ केजीमुनि ४ जनालाई प्रारम्भिक छनोटमा राखिनेछ ।
पुरुषतर्फ ४९ देखि ५२ केजीमुनि ४ जना, ५२ देखि ५७ केजीमुनि४ जना, ५७ देखि ६३ केजीमुनि ४ जना र ६९ देखि ७५ केजीमुनि ४ जनालाई प्रारम्भिक प्रशिक्षणमा राखिने संघले जनाएको छ ।
खेलाडीले यसअघि कुनैपनि अन्तरष्ट्रिय खेल खेलेको हुनुपर्ने, आठौं राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त हुनुपर्ने, संघले आयोजना गरेको कुनैपनि राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त र संघले भर्खरै आयोजना गरेको बागमती प्रदेश खेलकुद प्रतियोगितामा पहिलो भएको खेलाडी हुनुपर्ने प्रावधान राखेको छ । तर, यसभित्र नपरेका तर राष्ट्रलाई पदक दिाउन सक्ने प्रतिभावान खेलाडीले संघमा नाम टिपाउनु पर्ने उल्लेख गरिएको छ ।
एसियाड सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुनेछ ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]