3 years ago
April 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काजोल म्युजिक प्रालिले बहराइनमा भएको चौथो युथ एसियन पारा गेम्सका पदक विजेता तेक्वान्दो खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ ।
बहराइनको मानामा मंसिर १६ देखि २० गतेसम्म भएको गेम्समा पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत तथा विशाल गर्बुजाले कांस्य जितेका थिए ।
सोही अवसरमा टोलीका प्रशिक्षक अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई पनि नगदसहित सम्मान गरिएको थियो । चारैलाई प्रशंसा पत्रसहित जनही ५ हजार नगद प्रदान गरियो । विशाल भने कार्यक्रममा उपस्थित थिएनन् ।
बाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, काजोल म्युजिक प्रालिकी प्रोप्राइटर एवं राखेप बोर्ड सदस्य नन्दा बस्याल र राखेप बोर्ड सदस्य एकेन्द्र कुँवरले राष्ट्रिय लोकनृत्य महोत्सव तथा सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]