3 years ago
April 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको प्रजातान्त्रिक आन्दोलनका युग पूरुष गणेशमान सिहको स्मृतिमा बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह तेस्रो १० के रोड रेस यही शनिबार हुने भएको छ ।
रोड रेस शनिबार हिान ७ः३० बजेपछि शेर्पा मल दरबारमार्गबाट सुरु हुने छ । रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बाल मन्दिर, पुलिस हेडक्वार्टर दक्षिण गेट, गैरीधारा, राजदरबार उत्तरपूर्व मोड, नागपोखरी, जय नेपाल सिनेमा घर हुँदै पुनः शेर्पा मल दरबारमार्गमा आएर सम्पन्न हुनेछ ।
यसै गरी यसपटक पूरुष र महिलातर्फ ५ किमि दौड पनि संचालन हुने भएको छ । ५ किमि दौड शेर्पा महल दरबारमार्गबाट सुरु भई महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट हुदै पुनः शेर्पा मलमा पुगेर सम्पन्न हुनेछ ।
१० किमि दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुनेले ५ हजार नगद पुरस्कार पाउने छन्।
यसैगरी ५ किमि तर्फ पुरुष तथा महिलातर्फका बिजेताले १५ हजÞार, दोश्रो हुनेले १० हजÞार तेश्रोले ७ हजÞार, चौथो हुनेले ५ हजÞार र पाँचौ हुनेले ३ हजÞार प्राप्त गर्नेछन भने प्रतियोगितामा छैटौं देखि १०औं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
नयाँ रेकर्ड कÞायम गर्ने खेलाडीलाई थप १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा अनुमानित बजेट १७ लाख रुपैयाँ रहेको छ ।
यस प्रतियोगितामा नेपालका उत्कृष्ट र उदियमान धावकसहित केही बिदेशी खेलाडीहरुको सहभागीता रहनेछ र रेस डाइरेक्टर सुशिल नरसिंह राणा र संयोजकमा राजन खत्री रहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]