3 years ago
April 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तरगतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता मंगलबारदेखि शुरु हुने भएको छ ।
नेपाल प्रोफेसनल गल्फ एसोसिएनको आयोजनामा हुने प्रतियोगिता १९ देखि २२ अप्रिलसम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा बेलायनमा बस्दै आएका ७ नेपाली खेलाडीसहित ५६ जना गल्फरको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा ३६ व्यवसायिक र २० एमयोचोर गल्फरको सहभागिता रहनेछ ।
बेलायन बस्ने नोपली खेलाडीमा महेन्द्र फगामी, विष्णु थापा, राजु तामाङ, गजेन्द्र गुरुङ, झमक लिम्बु, भक्त शेरचन र देव राना रहेका छन् ।नेपालबाट भुवन नगरकोटी, जयराम श्रेष्ठ, सन्जय लामा, रवि खड्का, राम थापा र एमेच्योर सुवास तामाङलाई उपाधिको मुख्य दावेदारको रुपमा हेरिएको छ ।
शुक्र बहादुर राई भारतमा व्यवसायिक गल्फ खेलिरहेका कारण यो प्रतियोगितामा उपलब्ध हुनेछैनन् । उनी बाकी दुई इभेन्ट्समा भने सहभागिताको अपेक्षा राखिएको छ ।
७२ होलमा खेलाइने खेलको विजेताले १ लाख रुपैया हात पार्नेछ । दोस्रो हुनेले ६५ हजार रुपैया र तेस्रो हुनेले ४६ हजार रुपैया हात पार्नेछ । शीर्ष २१ ले पनि नगद पुरस्कार प्राप्त गर्नेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।