3 years ago
April 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने बताएका छन् ।
सदस्य–सचिव घिसिङकै अध्यक्षतमा सातै प्रदेशका सदस्य–सचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौं राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।
‘नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ । हुन्छ कि हुँदैन भन्ने संशय नराख्नु होला । आ–आफ्नो स्तरबाट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तयारी अगाडि बढाउन आग्रह गर्छु ।’ सदस्य–सचिव घिसिङले भने– ‘प्रतियोगिता र पूर्वाधारको व्यस्थापन गर्न समन्वय गर्नु आवश्यक थियो । त्यसैले पहिलो पटक बैठक बोलाइएको हो ।
बैठकले आगामी बोर्ड बैठकका लागि एजेन्डा तय गर्न पनि सहज हुन्छ । अन्तिम बोर्ड बैठक २०७५ सालमा बसेको थियो । त्यसपछि बोर्ड बैठक बस्न सकेको छैन । मेरो नियुक्तिको अवधि ४ महिना बढी भएपनि मुद्दाका कारण काम गरेको १ महिना पनि भएको छैन । समन्वय समितिको बैठक आज बस्यो । अब बोर्ड बैठक पनि चाँडै बस्छ ।’
सदस्य–सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि बजेट निर्माण कमिटी र निर्देशिका तयार गर्ने कमिटी पनि गठन भइसकेको जानकारी गराउदै बैठकको मुख्य उद्देश्य नवौं राष्ट्रिय खेलकुद नै भएको बताए । उनले खेलाडीको नगद पुरस्कार, कीर्तिमानधारीको नगद पुरस्कार, खेलाडीको भत्ता वृद्धि गर्ने विषयमा पनि पहल भइरहेको बताए ।
बैठकमा सहभागी प्रदेशका सदस्य–सचिवहरुले कर्मचारी व्यवस्थापन गरिदिनु पर्ने, पूर्वाधारको मर्मत सम्भार गर्नु पर्ने, छनोट प्रतियोगिताको विधि, प्रतियोगिता र पूर्वाधारमा समन्वय, आयोजक प्रदेशलाई १-२ खेल थप्न पाउने प्रावधान बनाउनु पर्ने, एनआरएनलाई पनि समावेश गर्न पहल गर्नु पर्ने, ऐनमा भएका जटीलतालाई फुकाउनु पर्ने, खरिदलगायतका कुरा निर्देशिकामा स्पष्ट हुनु पर्नेलगायतका विषयमा धारणा राखेका थिए ।
राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले राष्ट्रिय खेलकुदको महत्व, सहभागी हुने टिम, खेल संख्या, खेलाडीलगायत सहभागी संख्या, नवौं राष्ट्रिय खेलकुदको स्वरुपलगायतका विषयमा प्रकाश पारेका थिए ।
बैठकमा प्रदेश १ खेलकुद परिषद्का सदस्य–सचिव हंशराज वाग्ले, बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेज गुरुङ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव जयप्रकाश भट्टराई, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव विश्वमित्र सन्ज्याल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक सिंह, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा नेपाल प्रहरी, नेपाली सेना र एपीएफका प्रतिनिधि उपस्थिति थिए ।
मधेस प्रदेशमा भने सदस्य–सचिव नियुक्त भइ नसकेकाले महिला, बालवालिका तथा युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख ठूलोबाबु दाहाल बैठकमा उपस्थिति थिए ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]