default_image

3 years ago

April 15, 2022

तेक्वान्दो प्रशिक्षक सिंहलाई सहयोग

129 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – लिभर ड्यामेज भएका तेक्वान्दो प्रशिक्षक शेरहादुर सिंहलाई सहयोग प्रदान गरिएको छ । नेपाल तेक्वान्दो संघले पठाएको सहयोग रकम सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा प्रशिक्षक सिंहलाई सहयोग गरेको हो ।

नेपाल तेक्वान्दो संघका सुदुरपश्चिम ईन्चार्ज साम्राज्य विक्रम पाण्डेयको पहलमा पठाईएको नगद ५० हजारको चेक प्रशिक्षक सिंहलाई सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवाश शाहीले हस्तान्तरण गरे ।

लिभर ड्यामेज भएर उपचाररत प्रशिक्षक सिंहले अहलिे आफ्नै पहलमा उपचार गराईरहेका छन् । उनलाई चिकित्सकहरुले लिभर टान्स प्लान्ट गर्नुपर्ने सुझा दिएका छन् । यसका लागि नेपालमा झण्डै ५० लाख र भारतमा एक करोड रुपैयाँ लाग्ने गरेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रशिक्षक सिंहले आफुलाई सहयोगको आवश्यकता रहेको भएपनि अहिलेसम्म कसैलाई आर्थिक सहयोगका लागि नभनेको बताए ।

उनले तेक्वान्दो संघले सहयोग गरेपछि लिएको बताए । अब उपचार गर्नका लागि सबै रकम आफुले तिर्न नसक्ने भएकोले सहयोगका लागि पनि अपिल गरेका छन् ।

‘खेलाडी हुने वेलादेखि नै ग्यास्टिक र अल्सरको समस्या थियो । धेरै बर्ष खेलेरै पचाईयो । स्वास्थ्यमा सुरुमा लापरवाही गर्दा अहिले लिभरको अवस्था चौथो स्टेजमा छ । सबैतिर चेकजाँच पनि गरिसकेको छु ।’ तेक्वान्दो प्रशिक्षक सिंहले भने, ‘डाक्टरहरुले औषधी खाएर निको हुदैंन । तर दश पन्ध्र बर्षसम्म बाँचिन्छ भनेका छन् । उनीहरुले टान्सप्लान्ट गर्न नै भनेका छन् । त्यत्रो रकम म सँग छैन । साथीभाईहरुले सहयोग गरिरहेका छन् । सबैलाई सहयोग गर्नका लागि आव्हान पनि गर्दछु ।’

तेक्वान्दो संघका अध्यक्ष सुवाश शाहीले प्रशिक्षक सिंहका लागि सहयोग अभियानको सुरुवात भएको बताउँदै अब निरन्तर रुपमा लाग्ने जानकारी दिए । उनले तेक्वान्दो क्षेत्रमा पुराएको योगदानलाई सम्मान गर्नका लागि पनि उपचारका लागि आर्थिक अभियान सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने अध्यक्ष शाहीको भनाई छ ।

‘सबै निकायबाट सहयोग जुटाउने अभियान सञ्चालनको सुरुवात गरेका छौं । यो त्यसको सन्देश प्रवाह गर्ने कार्यक्रम हो । उहाँले तेक्वान्दोको विकासमा पुराएको योगदानको अब हामी सबै मिलेर उहाँका लागि सहयोग जुटाउन सक्छौं । हामी सफल पनि हुन्छौ ।’ अध्यक्ष शाहीले भने, ‘आगामी दिनमा आर्थिक अभियान चरणवद्ध रुपमा अगाडी बढाउनेछौं । यसलाई हामी सफल पारेरै छोड्ने छौं । उहाँलाई सहयोग गरेर जब हामी सफल हुन्छौं । यो नै गुरुलाई दिएको जीवनको सबैभन्दा ठुलो अवार्ड हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.