3 years ago
April 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष गणेशलाल कक्षपतिले शुक्रबार पदभार ग्रहण गरेका छन् । सानोगौचरणस्थित समितिको कार्यालयमा कक्षपतिले पदभार ग्रहण गरेका हुन् ।
उनलाई समितिकी कार्यालय प्रमुख ज्योति राई, कर्मचारी, प्रशिक्षक, खेलाडीलगायतले स्वागत गर्दै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए । बाग्मती खेलकुद विकास परिषद्ले दक्षिणकाली नगरपालिकाको चाल्नाखेल १ निवासी कक्षपतिलाई २ वर्षका लागि अध्यक्षमा मनोनित गरेको हो ।
खेलकुद पृष्ठभूमिका ४४ वर्षिय कक्षपति नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्षका साथै प्रमुख प्रशिक्षक हुन् । कक्षपतिले २०५२ सालदेखि क्योकुसिन कराते खेल्न थालेका थिए । उलने २०५५ सालदेखि क्योकुसिनसंगै मुवाँथाई खेललाई पनि संगसंगै अघि बढाए ।
उनले सन् २०१० मा थाइल्यान्डमा भएको विश्व मुवाँथाई च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । क्योकुसिन करातेका तेश्रो डान कक्षपति मुवाँथाईका सहायक ग्रान्ड मास्टर हुन् ।
कक्षपतिकी छोरा पलिस्था पनि मुवाँथाई खेलाडी हुन् । पलिस्थाले विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् भने इन्डो–नेपाल मुवाँथाईको तीन फरक संस्करणमा नेपाललाई स्वर्ण दिलाएकी छन् ।
पदभार ग्रहण कार्यक्रममा कक्षपतिले वार्षिक क्यालेन्डर तयार गरी काठमाडौं जिल्लाको खेलकुदलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुदको मिति घोषणा भइसकेकाले आफ्नो पहिलो प्राथमिकता त्यही हुने बताए ।
उनले खेलकुदमा लागेको व्यक्तिलाई काठमाडौं जिल्लाको नेतृत्व गर्ने अवसर प्रदान गरेकोमा सम्बन्धित सबैलाई धन्यवाद दिए । कार्यालय प्रमुख राईले कार्यालयको अवस्था बारे जानकारी गराउदै खेलकुद पृष्ठभूमिकै व्यक्ति अध्यक्षको जिम्मेवारीमा आएकोले सबै समस्याको समाधान हुने विश्वास व्यक्त गरिन् ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]