default_image

3 years ago

April 15, 2022

प्रतिभाले एनभिए क्लब लिग गुमाउने

228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोली तथा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी ओपन स्पाइकर प्रतिभा मालीले यसै महिना हुने छैटौ आरबिबी एनभिए राष्ट्रिय लिग गुमाउने भएकी छिन् ।

फाइल तस्बिर

पूरानो चोट बल्झिएसँगै कम्तीमा तीन महिना खेल्न नमिल्ने भएपछि प्रतिभाले एनभिए क्लब लिग गुमाउने पक्का भएको प्रशिक्षक कुमार राईले हाम्रो खेलकुदलाई जानकारी गराए । एनभिए क्लब लिग वैशाख १८ देखि २४ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ ।

गत चैतमा नेपालगन्जमा भएको आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला राष्ट्रिय भलिबल प्रतियोगिता दौरान भारतको हरियाणविरुद्धको खेलका क्रममा बढी नै दुखाई महसुस गरेपछि प्रतिभाले एमआरआई परिक्षण गराएकी थिइन् । बिहीबारको एमआरआई रिपोर्ट हेरर डाक्टरले कम्तीमा तीन महिना नखेल्न सुझाव दिएपछि प्रतिभा तीन महिना कोर्ट बाहिर रहने भएकी हुन् ।

प्रतिभाको चोटसँगै डायमन्डलाई समस्या थपिएको छ । यसअघि डायमन्डकी अर्की उदियमान ओपन स्पाइकर झरना श्रेष्ठले पनि भलिबल नखेल्ने निर्णय गरिसकेकी छिन् । डायमन्डले अब एनभिए क्लब लिगमा प्रतिभा र झरनाविनै खेल्नुपर्ने भएको छ । प्रतिभाले जेठ २० देखि गण्डकी प्रदेशमा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद पनि गुमाउनेछिन् ।

नेपालले भदौमा चीनमा हुने एसियन गेम्स खेल्ने तयारी गरिरहेको छ । त्यसबेलासम्म उनी ठीक हुने अपेक्षा गरिएको छ । राष्ट्रिय टोलीकै सरस्वती चौधरी पनि घुँडाको शल्यक्रियापछि अहिले रिह्याव गराइरहेकी छिन् ।

फाइल तस्बिर

२०७६ माघ १० गते पाँचौ संस्करणको आरबिबी एनभिए क्लब च्याम्पियनसिप अन्तरगत एपिएफविरुद्धको फाइनल दौरान प्रतिभाको बायाँ घुँडामा चोट लागेको थियो । स्पाइकपछि ल्यान्डिङ नमिल्दा उनले घुँडामा चोट लागेको थियो । मैदानमा लडेको केही समयपछि नै उनलाई ब्लु क्रस अस्पताल लगिएको थियो ।

घुँडाको एसिएल इन्जुरी, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल इन्जुरी देखिएपछि ब्लु क्रस अस्पतालमा सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वमा सर्जन डा.रुपेश वैद्य र अर्थोपेडिक सजर्न डा.चन्दनले प्रतिभाको घुँडाको शल्यक्रिया गरेका थिए । शल्यक्रिया गरेको झन्डै एक वर्षपछि उनले पूनरागमन गरेकी थिइन् ।

पूनरागमनपछि उनले राष्ट्रिय टोलीसँगै घरेलु भलिबलमा विभिन्न प्रतियोगिता खेल्दा आफ्नो टोलीलाई च्याम्पियन बनाउनुका साथै व्यक्तिगत विधामा पनि सर्वाेत्कृष्ट र उत्कृष्ट हुन सफल भएकी थिइन् ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.