3 years ago
April 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो आरडब्लू समर स्लामको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । बिहीबार नुवाकोटको गुप्तेश्वरमा भएको हेविवेटमा डेभिडलाई पराजित गर्दै नुवाकोटे टाइगर च्याम्पिनय बनेका हुन् ।
डेभिड यसअघि बसन्तपुरमा भएको पहिलो हेरिटेज रिङ रेस्लिङका च्याम्पियन हुन् । जितसँगै नुवाकोटे टाइगरले नगद ८५ हजार प्रप्त गरेका छन् । त्यस्तै त्रिपल थ्रेडतर्फ साइन, चट्टान र किङ रोबर्र्टबीचको खेलमा साइन च्याम्पियन बनेका छन् । उनले नगद ४५ प्राप्त गरे ।
हिलातर्फको उपाधि तन्नुले जितेकी छन् । उनले आकृतीलाई हराइन् । उनले ४० नगद प्राप्त गरिन् । ट््याग टिम म्याचमा सिजे वल्ड र योङ स्याडीलाई स्पाइडर म्यान र बाकाको जोडीले पराजित गरे । स्पाइडर म्यान र बाकाको जोडीले ६० हजार प्रप्त गरे ।
उनीहरुलाई शिवपूरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र नेपाल रिङ रेस्लिङ महासंघकी महासचिव सुवर्ण श्रेष्ठले पुरस्कार प्रदान गरे । त्यसअघि प्रतियोगिताको उद्धघाटन पूर्व मन्त्री प्रकाशरण महतले गरेका थिए ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]