3 years ago
April 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्रीलाई दिलिप स्मृति प्रतिष्ठानले बुधबार सम्मान गरेको छ । तेक्वान्दो गतिविधिमा संगल्न प्रतिष्ठानले छैटौं डान प्राप्त गर्न सफल भएकोमा खत्रीलाई प्रशंसा पत्रसहित एक कार्यक्रमबीच सम्मान गरेको हो ।
खत्री प्रतिष्ठानका अध्यक्षका साथै प्रमुख प्रशिक्षक पनि हुन् । खत्रीका श्रीमति लक्ष्मी, छोरा दीपेन्द्र र छोरी दिलिता पनि तेक्वान्दो खेलाडी हुन् ।
सोही अवसरमा प्रतिष्ठानका खेलाडी रोशन केसीलाई वर्ष २०७८ को उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मान गरियो । वर्ष २०७८ मा भएका विभिन्न प्रतियोगितामा रोशनले ४ स्वर्ण जितेका थिए ।
काभ्रेमा भएको पाँचौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगितामा सहयोग गरेवापत जुडोका चन्द्र डंगोल, समाजसेवी जितेन्द्र खड्गी, पूर्व तेक्वान्दो खेलाडी सन्तोष भण्डारी र पूर्व क्योकुसिन कराते खेलाडी मदन थापा मगरलाई पनि सम्मान गरिएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]