default_image

3 years ago

April 14, 2022

घरेलु भलिबलमा न्यु डायमन्ड र आर्मीको बर्चस्व

253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो वर्ष जस्तै वर्ष २०७८ पनि कोभिड १९ को महामारीबाट अछुतो रहेन । यसले अन्य क्षेत्रजस्तै खेलकुद पनि प्रभावित पा¥यो । कोरोनाकै कारण फिलिपिन्समा आयोजना हुने भनिएको २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप अन्तिम समयमा आएर स्थगित भयो ।

च्याम्पियनसिपका लागि नेपालले १ असारबाट प्रशिक्षण थालेको थियो । पछि एक अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा महिला टोलीले उपाधि रक्षा गर्न सफल हुँदा पुरुष टोली पदकविहीन बन्न पुग्यो ।

अघिल्लो वर्षको अन्त्यतिर वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनको आधारमा ३० खेलाडीलाई प्रारम्भिक सुचीमा राखेर प्रशिक्षण थालेको थियो ।

वर्ष सुरुवातसँगै अर्था १६ वैशाखबाट नेपालमा पुनः लकडाउनको स्थिति भन्दा अघि सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भयो । अवस्था सामान्य बन्दै गएपछि घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भयो । अझ वर्षको अन्त्यतिर प्रतियोगिताको बाढी नै आयो । यसमा नेपालको राष्ट्रिय खेल भलिबल अछुतो रहने कुरै भएन ।

नेपालको महिला र पुरुष भलिबल टोलीले एकमात्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेपनि घरेलु भलिबलमा राष्ट्रिय स्तरको प्रतियोगिताको बाढी नै आयो । विभिन्न मेला तथा महोत्सवमा अन्य खेलभन्दा भलिबलले नै बढी महत्व पाए । देशैभर नै राष्ट्रिय स्तरको महिला तथा पुरुष भलिबलको आयोजना भए । राष्ट्रिय टोलीका पुरुष खेलाडी नै विभिन्न क्लबमा आबद्ध भएर आफ्नो प्रतिभालाई निखारे ।

यो वर्ष घरेलु भलिबलमा दवदवा राख्ने विभागीय नेपाल एपिएफ क्लबको प्रदर्शन फितलो हुँदा न्यु डायमन्ड स्पोर्ट्स क्लब र पुरुषमा त्रिभुवन आर्मी क्लबले यो वर्ष पकड बनायो । यो वर्ष ६ ठुला प्रतियोगिता आयोजना हुँदा तीनमा डायमन्ड च्याम्पियन बन्दा दुईमा एपिएफ र एकमा भारतको हरियाण च्याम्पियन बने । पुरुषतर्फ तीन ठुला राष्ट्रिय प्रतियोगिता हुँदा आर्मीले ह्याट्रिक उपाधि जित्न सफल भए ।

महिलातर्फ अघिल्लो वर्षको अन्त्यतिर एनभिए भलिबल लिगको च्याम्पियन बनेको डायमन्ड वर्षको पहिलो महिना नै भोटेकोशी गाँउपालिका अध्यक्ष कपमा विभागीय एपिएफसँग पराजित भयो । त्यो बदला डायमन्डले असोजमा काठमाडौंमा भएको एनभिए क्लब च्याम्पियनसिपमा लियो ।

त्यसपछि पुस र माघमा पोखरामा भएको टाइगर कपमा आर्मीलाई हराउँदै एपिएफले वर्षको दोस्रो उपाधि जित्न सफल भयो । यसमा डायमन्ड तेस्रो तथा अघिल्लो वर्षको विजेता पुलिस चौथो भयो । श्रीलंकाका तीन खेलाडी र राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही समेटेको आयोजक टाइगर ग्रुप अफ पोखरा पाँचौ भयो । त्यसपछि न्यु डायमन्डले फागुनमा एक साताको अवधिमा दुई उपाधि जित्दै महिला भलिबलमा आफुलाई अब्बल तुल्यायो ।

डायमन्डले झापाको दमकमा दमक कप र चितवनमा लोक बहादुर पुन स्मृति कपमा उपाधि जित्न सफल भयो । चोटबाट पूनरागमन गरेकी राष्ट्रिय टोलीका समेत भरपर्दा सदस्य प्रतिभा मालीको प्रदर्शन औसत नै रहेपनि टिम गेममा डायमन्डले सफलता हात पा¥यो । यता, टाइगर कप पछि नै एपिएफकी भरपर्दा खेलाडी सरस्वती चौधरीको खुट्टाको शल्यक्रिया भएपछि एपिएफको प्रदर्शन दशककै कमजोर सावित बन्यो ।

सरस्वती टोलीमा नहुँदा एपिएफले दुई प्रतियोगिता खेल्दा दुवैमा चौथो स्थान हासिल ग¥यो । जुन एपिएफको महिला भलिबल इतिहासमै दशकको सबैभन्दा कमजोर प्रदर्शन हो । सरस्वतीको अनुपस्थितिमा आशा गरिएकी निरुता ठगुन्ना, पुजा चौधरी र रेश्मा भण्डारीले आशातित प्रदर्शन गर्न सकेनन् । नेपालगन्जमा भएको प्रधानमन्त्री कपमा भारतको हरियाण च्याम्पियन बन्यो । उसले फाइनलमा पुलिसको चुनौती पन्छायो ।

पुलिसको प्रदर्शन औसतकै रहेपनि उपाधि भने जित्न सकेन । महिलातर्फ आर्मी पनि बलियो टोलीको रुपमा देखा प¥यो । आर्मी र पुलिसले समान दुई फाइनल खेलेपनि च्याम्पियन बन्न सकेन ।

पुरुषतर्फ यसैवर्ष असोजमा भएको छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीले बाहुल्यता रहेको आर्मीले तीन भारतीय खेलाडी सम्मिलित हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै वर्षको पहिलो उपाधि जितेको आर्मीले पुस र माघमा पोखरामा भएको दोस्रो टाइगर कपमा त्यही हेल्प नेपाललाई नै ३–१ को सेटमा पराजित गर्दै वर्षको दोस्रो उपाधि जित्न सफल भयो । वर्षको अन्त्यतिर गण्डकी प्रदेशलाई ३–१ को सेटमा जित निकाल्दै आर्मीले ह्याट्रिक उपाधि जित्न सफल भयो ।

महिलामा प्रतिभासँगै, सरस्वती चौधरी, उषा भण्डारी, कामना विष्ट, झरना श्रेष्ठ, प्रगतिनाथ, साफिया पुन, शान्ति थारु, वालमिका आचार्य, संगम महतोको प्रदर्शनले समर्थकको मन जित्न सफल भयो ।

पुरुषतर्फ मानबहादुर श्रेष्ठ, धन बहादुर भट्टले आफ्नो वर्चस्व कायमै राख्दा हरि बहादुर अधिकारी, विशाल विक, हरि पाण्डे, धनश्याम चौधरी, हिमाल सुनारीलगायतले समर्थको मन जित्न सफल भए । यस वर्ष मनोरन्जन रमण शर्मा अवार्डबाट महिलातर्फ राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही र गण्डकी प्रदेशका ओपन स्पाइकर घनश्याम चौधरी उत्कृष्ट खेलाडी चुनिए ।

चोटको पिरलो
महिला राष्ट्रिय टोलीका सदस्य सरस्वती चौधरीले पोखराको टाइगर कपपछि घुँडाको शल्यक्रिया गर्दा त्यसपछिको तीन राष्ट्रिय प्रतियोगितामा अनुपस्थित रहे । पोखराको टाइगर कप खेल्नकै लागि छुट्टीमा आएका भारतीय सेनामा कार्यरत अमृत केसीले भलिबल खेल्ने क्रममै चोट बोक्न पुगे ।

होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी युवा प्रतिभा रिया कुँवर पनि घुडाको शल्यक्रियापछि आराममा छिन् । नेपाल एपिएफ क्लबका सेटर लोकेन्द्र गिरी पनि शल्यक्रियापछि खेलमा फर्किसकेका छन् ।

यस बाहेक यसै वर्ष पारिवारिक कारण देखाउँदै न्यु डायमन्डकी उदियमान अ‍ोपन स्पाइकर झरना श्रेष्ठले भलिबल नखेल्ने कठोर निर्णय गरिन् ।यसै वर्ष नेपाली भलिबलले एक कुशल प्रशिक्षक ज्ञानेन्द्र विष्टलाई कोरोना सक्रमणका कारण गुमाउँन पुग्यो ।

यस वर्ष मनोरन्जन रमण शर्मा अवार्डबाट महिलातर्फ राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही र पुरुषतर्फ गण्डकी प्रदेशका ओपन स्पाइकर घनश्याम चौधरी सम्मानित भए । लामो समयपछि राष्ट्रियस्तरको महिला बिच भलिबल प्रतियोगिता हुँदा पुलिसकी कमला पुन र मनिषा चौधरीको जोडी अब्बल ठहरिइन् ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.