3 years ago
April 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र शीर्ष वरीयताका नेपाल एपीएफ क्लबका दिपेश धामी योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रिन्सले पाल्पाका सुरज तिमिल्सिनालाई २१–६ र २१–९ तथा दिपेशले १६ फेदर एकेडेमीका रोशन साउदलाई २१–१३ र २१–१२ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरे ।
अन्य खेलमा एपीएफका साजनले सिल्क ग्रुपका नरेन्द्र बमलाई २१–१७, १२–२१ र २१–१५, नेपाल प्रहरी क्लबका विष्णु कटुवालले प्रहरीकै पूर्णबहादुर थापालाई २१–१७ र २१–१९, आर्मीका नवीन श्रेष्ठले कालिका बिसीका चक्र साउदलाई २१–४ र २१–९, आर्मीका प्रफुल महर्जनले १६ फेडेर एकेडेमीका क्षितिज खनाललाई २१–१६ र २१–१४ तथा कालिकाका सुदीप सेढाईंले कास्कीका विधान अधिकारीलाई २१–९ र २१–१९ ले हराउदै क्वाटरफाइनलमा पुगे । आर्मीका पविन लिङथेबले प्रहरीका जीवन आचार्यबाट वाकओभर पाउदै क्वाटरफाइनलमा पुग्न सफल भए ।
महिला सिंगल्समा आर्मीकी प्रार्थना देउवाले एपीएफकी शोभा गौचनलाई २१–१६ र २१–८, आर्मीकी अनुमाया राईले आर्मीकै रोज पाण्डेलाई २१–१५ र २१–१३, एपीएफकी सुनैना मुखियाँले कञ्चनपुरकी विस्ना विष्टलाई २१–११ र २१–६, प्रहरीकी निता लम्सालले काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) की एन्जल लिम्बूलाई २१–९ र २१–५, एपीएफकी जेशिका गुरुङले कञ्चनपुरकी निलिमा महरालाई २१–७ र २१–१० तथा आर्मीकी रशिला महर्जनले सर्लाहीकी निकिता लामालाई २१–६ र २१–७ को सोझो सेटमा पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । आर्मीकी अमिता गिरीले बीबीएकी रोजी राईबाट वाकओभर पाउदै क्वाटरफाइनलमा पुगिन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको यु–१९ पुरुष सिंगल्समा आर्मीका हिमाल चन्द, सुर्खेतका अनिल मल्ल, आर्मीका सन्तोष पनेरु, कपिलवस्तुका रोहित बराल, आर्मीका निशान कटुवाल, सिल्क ग्रुपका नरेन्द्र बम, कैलालीका चन्द्रिका कथारिया र आर्मीका गोकुल जोरा आ–आफ्नो प्रतिद्वन्द्वीलाई पन्छ्याउदै क्वाटरफाइनलमा पुगे ।
उक्त स्पर्धाको महिलामा पाल्पाकी सुष्मा बुढा, आर्मीकी प्रेक्षा राई, बुटवलकी प्रतिष्ठा अर्याल, कञ्चनपुरकी विस्ना विष्ट, आर्मीकी प्रार्थना देउवा, केबीएकी एन्जल लिम्बू र कञ्चनपुरकी निलिमा महरा आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुग्न सफल भए ।
हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठान र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. द्वारा संयुक्त आयोजित प्रतियोगिताको यु–१५ पुरुष सिंगल्समा सिल्क ग्रुपका कविर केसी, देवीनगर ब्याडमिन्टन क्लबका सक्षम ढकाल, स्पोर्ट्स हबका सुनिल कार्की, ललितपुरका सौर्य महर्जन, उदयपुरका रुमुहाङ राई, १६ फेडेर एकेडेमीका आरुष सिम्खडा, १६ फेडेर एकेडेमीका कृष नेपाल र एनआरएनका साहिल चन्द क्वाटरफाइनलमा पुगे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।