3 years ago
April 12, 2022
धनगढी (हाम्रो खेलकुद) – व्याडमिन्टनका युवा स्टार तथा जुनियर विश्व वरीयताको शीर्ष खेलाडी प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनीहरू वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा पनि मनोनयनमा परेका थिए । दुबै जनालाई पछि पार्दै दाहाल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
दाहाल यसैवर्ष ओलम्पिक मान्यता प्राप्त खेलमा विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रच्न सफल भएका थिए । वर्षको उत्कृष्ट महिला खेलाडीमा राजपुरासंँगै भलिबलकी सरस्वती चौधरी र फुटबलकी उषा नाथ पनि मनोनयनमा परेका थिए ।
वर्ष प्रशिक्षकको अवार्ड भलिबलका जगदिश भट्टले जितेका छन् । उनको प्रशिक्षणमा नेपालले लगातार दुईपटक एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । यस्तै वर्ष महिला खेलाडीको अवार्ड एथलेटिक्सकी राजपुरा पछाई, वर्ष युवा खेलाडी फुटबलकी चन्द्रा भण्डारी, सुदूरपश्चिम आइकन (पुरुष) फुटबलका कुवेर सिंह र सुदूरपश्चिम आइकन (महिला)को अवार्ड बक्सिङकी स्वस्तिका तिरुवाले जितेकी छिन् ।
यस्तै क्रिकेटका प्रशिक्षक अर्जुन खड्कालाई मरणोपरान्त स्पेशल अवार्ड प्रदान गरिएको छ । उनले डेढ दशकसम्म क्रिकेट प्रशिक्षण गरेर दर्जनौ खेलाडी उत्पादन गरेको थिए । लाइफटाइम एचिभमेन्ट अवार्ड भने सुदूरपश्चिमको खेल जगतका हस्ती भनेर चिनिने लालबहादुर खड्कालाई प्रदान गरिएको छ। उनको प्रशिक्षणमा फुटबलमा सुूदूरपश्चिमले सबैभन्दा ठुलो उपलब्धि हात पारेको थियो । छैटौं राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले फुटबलमा स्वर्ण जित्दा उनी प्रशिक्षक थिए ।
अवार्ड विजेता खेलाडीलाई नगद र ट्रफी प्रदान गरिएको छ। उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। य
स्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी प्रदान गरिएको छ । सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह, मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रवन्ध निर्देशक सुवाश शाहीलगायतले खेलाडीलाई पुरस्कृत गरे ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]