3 years ago
April 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एडभान्स एकेडेमीले प्याट्रिएट्स कप अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । हिमालयन ह्वाइट हाउस कलेजलाई ७ विकेटले पराजित गर्दै एडभान्सले लगातार दोस्रो जित दर्ता गरेको हो ।
मुलपानीमा मंगलबार भएको खेलमा १ सय ३० रनको लक्ष्य एडभान्सले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा ग¥यो । एडभान्सको जितमा दिपेश दासले अविजित ३२ रनको योगदान दिए ।
सक्षम बराकोटीले २८, अभिषेक थापाले २५ तथा तक्षक सिम्खडाले २० रनको योगदान दिए । ह्वाइट हाउसका निश्चय थापा, नितेश कुमार यादव र आदर्श झाले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको ह्वाइ हाउसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रनको मध्यम योगफल तयार पारेको थियो । ह्वाइट हाउसका निश्चय थापले ५२ बलमा ५० रनको अर्धशतकीय इनिङ्स खेले । आदर्श झाले १८ रन बटुल्दा आदित्य मल्लले १३ तथा सतिश यादवले १० रन जोडे ।
एडभान्सका असिम श्रेष्ठले आफ्नो स्पेलको ४ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिए । विपरल खतिवडा र अभिषेक थापाले समान एक विकेट लिए । एडभान्सका असिम श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए ।
लगातार दोस्रो जित निकालेको एडभान्स समूह ‘बी’ मा दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो हार बेहोरेको ह्वाइटहाउस २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । टेक्सासको नि २ अंक छ । ओमेगाले अंकको खाता खोल्न सकेको छैन ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]