3 years ago
April 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा सहभागी भई ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार राती स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरे । थाइल्यान्डको फुकेटमा अप्रिल १ देखि १० तारिखसम्म भएको प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले १ कांस्य पदक जित्यो ।
महिला ६० केजी तौलसमूहमा पुनम रावलले नेपाललाई कांस्य दिलाएकी हुन् । पुनमको स्पर्धामा ६ खेलाडी सहभागी थिए । पहिलो चरणमा बाइ पाएर सेमिफाइनल पुगेकी पुनमले फिलिपिन्सकी रिजा पस्युटसंग प्रतिस्पर्धा गरेकी थिइन् । सेमिफाइनलमा पुनम ३–२ ले पराजित भएकी थिइन् । रिजाले पछि स्वर्ण नै जितिन् ।
सन् २०१० मा दीपक महर्जनले जितेको कांस्यपछि कुनैपनि नेपाल खेलाडीले यो प्रतियोगितामा पदक जितेको पहिलो भएको बक्सिङ संघले जनाएको छ । त्यसबेला उक्त प्रतियोगिता किङ्स कपका नाममा हुने गथ्र्यो ।
पुरुष ६३ केजीमा भुपेन्द्र थापा मगर तथा महिला ५१ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा र ४८ केजीमा सुष्मा तामाङले प्रतिस्पर्धा गरेका थिए । भुपेन्द्र र मिनु १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।
स्वागत कार्यक्रममा अध्यक्ष अवालेले आफूले पनि विगतमा उक्त प्रतियोगिताको दुई संस्करणमा सहभागिता जनाएको स्मरण गर्दै मैले पनि यो प्रतियोगिताको दुई संस्करण खेलेको बताए । उनले यो बक्सिङको उच्चस्तरीय प्रतियोगिता मध्येको एक रहेको र त्यत्ति बेला यो प्रतियोगिता किङ्स कपको नाममा हुँदै आएको र यो च्याम्पियनसिपमा सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकोमा सबैलाई बधाई ज्ञापन गरे ।
टोलीसंगै फुकेट गएका बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगरले छोटो तयारीका बावजुद खेलाडीको प्रदर्शन प्रशंसनीय रहेको बताए । आईबा वान स्टार रेफ्री÷जज धनकुमार मैनालीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]