3 years ago
April 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ । छनोटको अन्तिम खेलमा अफगानिस्तानसँग ८–१ को फराकिलो गोल अन्तरले पराजित भएसँगै नेपाल छनोटमा जित र अंकविहीन बनेको हो ।
नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले तथा दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो ।
किर्गिस्तानको विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कप्लेक्समा मंगलबा भएको खेलमा अफगानिस्तानसँग पराजित भएको खेलमा नेपालका लागि सुमित श्रेष्ठले एक गोल फर्काए । खेलको पहिलो हाफमा अफगानिस्तानलाई २–० को स्थितिमा रोकेपनि दोस्रो हाफमा नेपालले ६ गोल बेहोर्दा एक गोल गर्न सफल भयो ।
खेलको पहिलो मिनेटमै रेजा करिमीको गोलबाट अफगानिस्तानले सुरुवाती अग्रता लिन सफल भयो । १५औं मिनेटमा मोर्टाजा मोहमदीले गोल गर्दै अफगानिस्तानको अग्रता दोब्बर बनाए । त्यसपछि २४औं मिनेटमा अलि अमिरीले गोल गर्दै अफगानिस्तानलाई ३–० ले अघि बढाए ।
२५औं मिनेटमा अब्दुल गाफरले गोल गर्दै अफगानिस्तानलाई ४–० ले अघि बढाए । ३२औं मिनेटमा रिजा करिमीले पेनाल्टीमार्फत गोल गरेपछि नेपाल खेलमा ५–० ले पछि प¥यो । ३३औं मिनेटमा कप्तान सायद महदी हसिमीले गोल गर्दै अफगानिस्तानलाई फराकिलो जिततर्फ अग्रसर गराए ।
त्यसपछि ३६औं मिनेटमा अब्दुल गाफरले गोल गर्दै अफगानिस्तानलाई ७–० ले अघि बढाए । ३९औं मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै नेपाललाई ७–१ को स्थितिमा ल्याए । त्यसपछि अब्दुल गाफरले ४०औं मिनेटमा ह्याट्रिक पूरा गर्दै अफगानिस्तानलाई ८–१ को फराकिलो जित दिलाए ।
यो फराकिलो जित निकालेपनि अफगानिस्तानले छनोट चरण पार गर्न सकेन । ताजिकिस्तानसँग समान ४ अंक नै भएपनि अफगानिस्तान गोल अन्तरमा पछि पर्यो ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा बाट उज्वेकिस्तान र ताजिकिस्तान छनोट हुन सफल भएको छ । छनोटमा उज्वेकिस्तानले शतप्रतिशत जित निकाल्दा ताजिकिस्तान र अफगानिस्तानले समान एक जित, बराबरी र हारको नतिजा निकाल्यो ।
समूह ‘ए’ मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स रहेका छन् । प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन् ।
यस क्षेत्रबाट कुल ४ टोली छनोट हुँदा पश्चिमबाट ५, पुर्वबाट ३ तथा आसीआन क्षेत्रबाट ३ टोली छनोट हुनेछन् । आयोजक कुवेत अन्तिम चरणका लागि छनोट भइसकेको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]