3 years ago
April 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार भएको फाइनलमा पत्रकार महासंघको ललितपुर शाखालाई ५–२ ले पराजित गर्दै न्युज २४ ले उपाधि जितेको हो ।
मंगलबार नै सेमिफाइनलमा न्युज २४ ले पत्रकार महासंघको कास्की शाखालाई ७–२ ले तथा पत्रकार महासंघको ललितपुर शाखाले शिलापत्र डटकमलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।
उपाधिसँगै न्युज २४ ले २५ हजार नगदसहित ट्रफी र मेडल हात पारेको छ । उपविजेता ललितपुर शाखाले १५ हजार रुपैया प्राप्त गरेको छ ।
दुई दिने प्रतियोगितामा १६ टोलीको सहभागिता जनाएको थियो । खेलहरु नकआउटका आधारमा भएका थिए । न्युज २४ का सुरज मर्हजन उत्कृष्ट खेलाडी तथा न्युज २४ कै प्युसबहादुर श्रेष्ठ उत्कृष्ट गोलरक्षक बने । उनीहरुले समान २ हजार ५ सयसहित ट्रफी पाए ।
नेपाल पत्रकार महासंघले आफ्नो ६७औं स्थापना दिवसको अवसरमा ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गरेको हो ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]