3 years ago
April 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसका अवसरमा आयोजित प्रथम एफएनजे मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
ललितपुरको च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा सोमबार भएको खेलबाट न्युज २४ टेलिभिजन, शिलापत्र, पत्रकार महासंघ कास्की शाखा र पत्रकार महासंघ ललितपुर शाखाले अन्तिम चारमा स्थान पक्का पक्का गरेका हुन् ।
पहिलो क्वाटरफाइनलमा न्युज २४ ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई ५–३ गोल अन्तरले हरायो । शिलापत्रले फोटो जर्नलिष्ट क्लव (पिजे) लाई ४–३ ले पराजित ग¥यो । पत्रकार महासंघ कास्की शाखाले नेपाल चलचित्र पत्रकार संघलाई १०–२ को फराकिलो अन्तरले हराउँदा महासंघको ललितपुर शाखाले नयाँ पत्रिका दैनिकलाई ४–१ ले पाखा लगायो ।
मंगलबार सेमिफाइनलमा भोलि न्युज २४ र कास्की तथा शिलापत्र र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । फाइनल पनि मंगलबार नै हुनेछ । प्रतियोगिताको पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरे । सोमबारै प्रि–क्वाटरफाइनलको खेल भएको थियो ।
त्यसअघि उद्घाटन खेलमा नेपाल खेलकुद पत्रकार मञ्चले हाम्रो सञ्चार डटकमलाई ५–३ ले हरायो । त्यस्तै न्युज २४ ले ईकागजलाई १६–० को फराकिलो गोल अन्तरमा हरायो । ग्यालेक्सी फोरके टेलिभिजन अनुपस्थित भएपछि पिजे क्लवले बाइ पाएर सिधै क्वार्टरफाइनल प्रवेश गरेको थियो । चौथो खेलमा शिलापत्रले महासंघको काठमाडौं शाखालाई ६–४ ले हरायो ।
अनलाइन खबर अनुपस्थित भएपछि महासंघको कास्की शाखाले बाई पायो । चलचित्र पत्रकार संघले नेपाल टेलिभिजनमाथि ६–२ को जित निकाल्यो । महासंघको ललितपुर शाखाले प्रेस चौतारी रुपन्देहीलाई ६–० ले हरायो । नयाँ पत्रिकाले पत्रकार महासंघ सिन्धुपाल्चोक शाखालाई १–० ले हराएको थियो ।
बिमा समितिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा १६ टोलीको सहभागिता छ । नेपाल बैंक लिमिटेड, महालक्ष्मी बिकास बैंक र सिटिजन्स बैंकले प्रथम मिडिया कप फुटसललाई प्रायोजन गरेका छन् । नकआउटका आधारमा खेलाइएको प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद प्राप्त गर्नेछन् ।
विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने फुटसल प्रतियोगिताका संयोजक एवं पत्रकार महासंघका केन्द्रीय सचिव पवन आचार्यले जानकारी दिए ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]