default_image

3 years ago

April 11, 2022

प्रियान्सुको विजयी सुरुआत

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रियान्सुसिंह क्षेत्रीले योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको यु–१९ पुरुष सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रियान्शुले अदिश कार्कीलाई २१–१२ र २१–१६ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा हिमाल चन्दले रिसभ राईलाई २१–४ र २१–९, अनिल मल्लले दिपन गायकलाई २१–१३ र २१–१३, राज बर्माले सुमित ठोकरलाई २१–१५ र २१–४, र सन्तोष पनेरुले सुनिल कार्कीलाई २६–२४ र २१–१० ले पराजित गरे ।

यस्तै रोहित बरालले दिपम वज्राचार्यलाई २१–११ र २१–१९, साहिल चन्दले आरुष सिम्खडालाई २१–६ र २१–१०, ऋषिकेश राईले प्रकाश अधिकारीलाई २१–१५ र २१–१८ तथा निखिल भट्टले स्वयं मानन्धरलाई २१–१६ र २१–१२ को सेटमा हराए । विजेता सबै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्यसै स्पर्धामा निर वज्राचार्यले प्रकाश सिंह तथा निशान कटुवालले विवेक चौधरीबाट वाक ओभर पाउदै प्रिक्वाटरफाइनलमा पुगे ।

हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठान र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रालिद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा दिपेश धामीले दीपेन्द्र कार्कीलाई २१–६ र २१–१०, जीवन आचार्यले बविश थापालाई २१–४ र २१–७, प्रवीण लिङथेबले दिपम वज्राचार्यलाई २१–११ र २१–८, विष्णु कटुवालले सुमन लिम्बूलाई २१–८ र २१–१५ तथा नवीन श्रेष्ठले देवराज राणालाई २१–८ र २१–१५ को सोझो सेटमा पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

रोशन साउदले हीरा राई तथा पूर्णबहादुर थापाले राम त्रिपाठीबाट वाकओभर पाउदै प्रिक्वाटरफाइनलमा पुग्न सफल भए । प्रतियोगिताको संघीय सांसद समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १ सय ७२ खेलाडीको सहभागिता रहेको नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष एवं प्रतियोगिता निर्देशक सुभाष श्रेष्ठले जनाएका छन् ।

विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिताको पुरुष-महिला सिंगल्स विजेताले १ लाख १५ हजार, उपविजेताले ५५ हजार र तेश्रोले १५÷१५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकी सबै स्पर्धामा पनि नगद पुरस्कार राखिएको छ । प्रतियोगिता बैशाख १ गते सम्पन्न हुने छ ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.