3 years ago
April 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सन्जित डंगोल पुरुष र मनिता श्रेष्ठ प्रधान महिलामा अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
अघिल्लो दिन शनिबार सन्जितले ७३ केजीमुनि र मनीताले ५७ केजीमुनि स्वर्ण जितेका थिए । दुवै नेपाल प्रहरीका हुन् । प्रहरीकै राजबहादुर चन्द उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट खेलाडीलाई प्रतियोगिताको प्रमुख प्रायोजक स्व. अम्बिकाबहादुरका परिवारले जनही १ सय अमेरिकी डलर, आयोजक नेपाल जुडो संघका अध्यक्ष दपिकहर्ष वज्राचार्यले जनही ४ हजार र अमेरिकामा बस्दै आएका पूर्व जुडो खेलाडी अभिनव राणाले जनही ५ हजार नगद पुरस्कार प्रदान गरे ।
उत्कृष्ट प्रशिक्षक चन्दलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा नेपाल जुडो संघका कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठले नेपाल जुडो संघका उपाध्यक्ष समेत रहेका संस्थापक खड्गबहादुर दाहाललाई सम्मान स्वरुप ५ हजार रुपैयाँ प्रदान गरेका थिए ।
सोही अवसरमा अस्ट्रेलिया बसोवास गर्ने जुडो खेलाडी मोहन बमले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोका स्वर्ण पदक विजेता देवीका खड्का र पुनम श्रेष्ठलाई उपलब्ध गराएको नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।
मोहनले जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित मार्फत नगद पुरस्कार उपलब्ध गारएका हुन् । उनले नै खेलाडीलाई समान १५ हजार नगद पुरस्कार हस्तान्तरण गरे । मोहनले प्रतियोगितामा महेन्द्रनगरबाट सहभागी खेलाडीलाई एकतर्फी भाडा स्वरुप ५ हजार रुपैयाँ पनि सहयोग गरेका थिए । प्रतियोगिताको अन्तिम दिन ७ स्पर्धाको फाइनल भयो ।
पुरुष ८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारु पहिलो भए । उनले प्रहरीका मिलन खातीलाई पराजित गरे । कैलालीका योगेन्द्र विष्ट र प्रहरीका मधु रोका मगर तेश्रो भए । ९० केजीमुनि प्रहरीका मनीष महतोले फाइनलमा आर्मीका कपिल सापकोटालाई हराउदै पहिलो स्थान हात पारे । पीजेडीका मुकेशकुमार ठाकुर र आर्मीका सुजन गुरुङ तेश्रो भए ।
१०० केजीमुनि प्रहरीका श्रीराम मकाजुले स्वर्ण जिते । उनले फाइनलमा आर्मीका रमेश चन्दलाई पाखा लगाए । पीजेडीका हिमान्शु गुप्ता र बाँकेका निराजन क्षेत्री पौडेलले कांस्य हात पारे । १०० केजीमाथि प्रहरीका राजन जोशीले फाइनलमा आर्मीका रन्जेश गोलेको चुनौती पन्छ्याउदै शीर्ष स्थानमा रहे । बाँकेका प्रनितजंग सिंह तेश्रो भए ।
नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको महिला ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो, आर्मीकै सरिता श्रेष्ठ दोश्रो तथा प्रहरीकी निशा चौधरी र कास्कीकी निर्जला मल्ल तेश्रो भए । ७८ केजीमुनि प्रहरीकी दीपा गुरुङले स्वर्ण जितिन् । फाइनलमा दीपाले आर्मीकी विनिता मगरलाई निराश पारिन् । आर्मीकै रचना श्रेष्ठ र बाँकेकी सम्झना चौधरी तेश्रो भए ।
७८ केजीमाथि आर्मीकी आकृति जोशीले मकवानपुरकी अस्मिता गोलेको चुनौती पन्छ्याउदै स्वर्ण चुमिन् । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा तीन विभागीयसहित २५ टिमका १ सय ५० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]