3 years ago
April 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पत्रकार महासंघ (एफएनजे) को आयोजनाका सोमबादेखि शुरु हुने प्रथम एफएनएजे मिडिया कप फुटसल खेल्ने नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को टोलीलाई आरजे स्पोर्ट्सले जर्सी प्रायोजन गरेको छ ।
खेल पोशाक उत्पादक कम्पनी आरजे स्पोर्ट्सले आइतबार एनएसजेएफलाई जर्सी हस्तान्तर गरेको छ । आरजे स्पोर्ट्सका प्रवन्ध निर्देशक रमेश रुपाखेतीले मञ्चका कोषाध्यक्ष अन्जन खड्कालाई जर्सी हस्तान्तर गरे ।
नेशनल स्पोर्ट्स सेन्टर च्यासलमा दुई दिनसम्म सञ्चालन हुने मिडिया कपमा १६ टोलीको सहभागिता रहेको छ । नकआउटको आधारमा हुने प्रतियोगितामा एनएसजेएफले उद्घाटन खेलमा हाम्रो संचारसँग बिहान ८ बजे प्रतिस्पर्धा गर्नेछ । एफएनजेले आफ्नो ६७औं स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]