default_image

3 years ago

April 10, 2022

उज्वेकिस्तानसँग नेपाल पराजित

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । पहिलो खेलमा नेपाल बलियो उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको हो ।

तस्विर: एनएसजेएफ

किर्गिस्तानको विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कप्लेक्समा आइतबार भएको खेलमा उज्वेकिस्तानका रोपिभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले समान एक गोल गरे । नेपालका मणि कुमार लामाले एक गोल फर्काए । ३–० ले पछि परेको एक गोल फर्र्काएको नेपालले खेलमा फर्कने संकेत दिएपनि त्यसपछि थप दुई गोल बेहोर्दै हार बेहोर्न पुग्यो ।

खेलको दोस्रो मिनेटमा नै खुस्निद्दीन निशोनोभको गोलबाट उज्वेकिस्तानले अग्रता लियो । ११औं मिनेटमा उश्मोनोभ अकबरले गोल गर्दै उज्वेकिस्तानको अग्रता दोब्बर पारे । १६औं मिनेटमा रोपिभ इख्तियोरले गोल गरेपछि नेपाल पहिलो हाफमा ३–० ले पछि प¥यो ।

तस्विर: एनएसजेएफ

२८औं मिनेटमा मणि कुमार लामाले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ३२औं मिनेटमा रोपिभ इख्तियोर व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै टोलीलाई ४–१ ल्े अघि बढाए । ४०औं मिनेटमा एल्मुरोदोभ एब्बोसले गोल गर्दै उज्वेकिस्तानको फराकिलो जित पक्का गरे ।

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ सबै खेल किर्गिस्तानस्थित विशेस ग्याजप्रोम स्पोर्ट्स कम्प्लेक्समा हुनेछ ।

समूह ‘ए’ मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स परेका छन् । प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन् ।

यस क्षेत्रबाट कुल ४ टोली छनोट हुँदा पश्चिमबाट ५, पुर्वबाट ३ तथा आसीआन क्षेत्रबाट ३ टोली छनोट हुनेछन् । आयोजक कुवेत अन्तिम चरणका लागि छनोट भइसकेको छ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.