3 years ago
April 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय टोलीको प्रारम्भिक चरणको प्रशिक्षणमा परिसकेकी घरेलु भलिबलको चर्चित होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी झरना श्रेष्ठले अब भलिबल नखेल्ने निर्णय गरेकी छिन् ।
पछिल्लो समय उदियमान खेलाडीको रुपमा रहेकी उनले पारिवारिक कारण देखाउँदै अब देखि भलिबल नखेल्ने निर्णयमा पुगेको हाम्रो खेलकुदलाई जानकारी गराइन् । ‘पारिवारिक कारणले नै भलिबल छाड्न लागेकी हु । आफूलाई मन पर्ने खेल चटक्कै छोड्ने निर्णय गर्दा असहज महसुस भइरहेको छ ’ झरनाले भनिन्, ‘ वैशाखमा हुने भनिएको एनभिए खेलेर छाड्ने मनस्थिति बनाएकी थिए । तर, पारिवारिक कारण त्यसलाई पूरा गर्न सकिन । विदेश जाने योजनामा छु । आउने वर्षदिनमा बेलायत गइसक्छु होला । यो बीचको समय परिवारसँगै बिताउनेछु ।’
चितवनमा गत फागुनमा भएको लोक बहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता नै झरनाको अन्तिम प्रतियोगिता बन्यो । उनले आफ्नो अन्तिम खेलमा डायमन्डलाई च्याम्पियन बनाइन् । मोरङ पथरीकी २१ वर्षीय झरना उच्च शिक्षा अध्ययनका क्रममा काठमाडौं आएपछि २०७४ मा काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्वर १३ मा रहेको न्यु डायमन्ड स्पोर्ट्स क्लबमा आबद्ध भएकी थिइन् ।
यो ५ वर्षको अवधिमा उनले डायमन्डबाट राष्ट्रिय र विद्यालय स्तरीय गरि दर्जन बढी उपाधि र व्यक्तिगत अवार्ड जितिसकेका छन् । डायमन्ड आउनुअघि झरनाले पथरीबाटै विद्यालय स्तरीय भलिबल खेल्ने गर्थिन् । उनको प्रतिभा देखेर नै डायमन्डले उनलाई टोलीमा समेटेको थियो । राष्ट्रिय स्तरमा विभिन्न व्यक्तिगत अवार्ड जितेकी झरना विद्यालय स्तरमा भने सर्वाेत्कृष्ट खेलाडी बनिसकेकी छिन् ।
झरनाले भलिबल नखेल्ने भएपछि न्यु डायमन्डलाई झनै समस्या थपिएको छ । टोलीका महत्वपुर्ण स्पाइकर प्रतिभा माली पछि पछिल्लो समय आफ्नो पुरानो चोटसँग जुधिरहेकी छिन् । न्यु डायमन्डका प्रशिक्षक कुमार राईले झरनाले भलिबल नखेल्ने निर्णय गर्दा टोलीमा समस्या थपिएको स्वीकार्दै उनको परिपुर्ति हुन केही समय लाग्ने बताए ।
‘सेटको खेलाडी हो । उनी टोलीमा हुँदा र नहुँदा कति फरक पर्छ, देखिहाल्नु भएको छ । हामीले पोखरामा भएको टाइगर कप र यसै महिना नेपालगन्जमा भएको प्रधानमन्त्री कपमा नसोचेको हार बेहोर्न पुग्यौं । झरना टोलीमा भएको खेलमा हामीले दमक र चितवनमा राष्ट्रिय प्रतियोगिताको उपाधि जित्यौं ’ प्रशिक्षक राईले भने, ‘सेटको एक स्टार खेलाडी नहुँदा कति फरक पर्छ भन्ने यो नै उदाहारण हो । हामीले झरनाको विकल्पमा तीन खेलाडीलाई तयार पारिरहेका छौं । सम्भवत आउदो वैशाखमा हुने एनभिए लिगमा उनीहरु तयार भइसक्छन् ।’
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]