3 years ago
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एकै परिवारका तीन खेलाडीले अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगिताको पहिलो दिन शनिबार पदक जितेका छन् ।
पुरुष ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र ५२ केजीमुनि बहिनी बन्दी सहायता नियोग (पाम) की देवकीमाया श्रेष्ठले स्वर्ण तथा ४८ केजीमुनि पामकै अर्की बहिनी निशा श्रेष्ठले कांस्य जिते ।
नेपाल जुडो संघको आयोजना तथा स्व. अम्बिकाबहादुर क्षेत्रीका परिवारको विशेष सहयोगमा सञ्चालित प्रतियोगिताको फाइनलमा इन्द्रले एपीएफकका निर्दोष चलाउनेलाई पराजित गरे । नेपाल आर्मीका कर्मा तामाङ र एपीएफका किरण गडेल तेश्रो भए ।
देवकीले फाइनलमा एपीएफकी रत्ना तामाङलाई हराइन् । प्रहरीकी प्रतिभा पुलामी मगर र बर्दियाकी सम्झना थापा तेश्रो बने । निशाको स्पर्धामा आर्मीकी सुमित्रा राईले फाइनलमा प्रहरीकी ओलम्पियन सोनिया भट्टलाई पाखा लगाउदै पहिलो स्थान हात पारिन् । अर्को कांस्य जित्नेमा पीजेओकी सुनिता मगर रहिन् । प्रहरीमा भर्ना हुनुअघि इन्द्र पनि पामबाटै जुडो खेल्थे ।
नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको पुरुष ६० केजीमा पामका सुबोध मण्डल पहिलो भए । उनले फाइनलमा रोल्पाका विकास विकलाई पन्छाए । प्रहरीका उमेश मगर र पामका प्रवीणकुमार दियाली संयुक्त रुपमा तेश्रो भए । ७३ केजीमुनि प्रहरीका सन्जित डंगोलले बाजी मारे । उनले फाइनलमा प्रहरीकै सुदेश दोङको चुनौती समाप्त पार्दै शीर्ष स्थान कब्जा गरे । एपीएफका सुजन तामाङ र बाँकेका आयुशसिंह साउद तेश्रो स्थानमा रहे ।
महिला ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधानले फाइनलमा एपीएफकी सुनिता थिङलाई निराश पार्दै स्वर्ण चुमिन् । आर्मीका विमला आले मगर र सिमाकुमारी चिडी तेश्रो भए । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
दुईदिने प्रतियोगितामा तीन विभागीयसहित २५ टिमका १ सय ५० खेलाडीको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । पुरुष-महिलामा समान ७ गरी १४ स्पर्धा समावेश छन् । प्रतियोगिताको अन्तिम दिन आइतबार ८ स्पर्धाको फाइनल हुने छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]