3 years ago
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चितवनमा पहिलोपटक सम्पन्न प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन प्रतियोगिताको उपाधी काठमाडौंका सुरज राना मगर र उषा खनालले हात पारेका छन् ।
प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा भएको प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा भएको थियो । पुरुष इलिटतर्फ ६५ किलोमिटरको दुरी १ घण्टा ५६ मिनेट २० सिकेण्डमा पार गर्दै काठमाडौंका सुरज राना मगर पहिलो भए ।
उनले नगद ४५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै १ घण्टा ५६ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै त्रिभुवन आर्मी क्लवका हिमाल टमाटा दोस्रो भए । उनले नगद ३५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गरे । १ घण्टा ५६ मिनेट ४० सेकेण्डमा दुरी पार गर्दै गण्डकीका हिकमत वि क तृतीय भए । उनले ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यसैगरि महिला इलिटतर्फ २ घण्टा ३ मिनेट ५६ सेकेण्डमा दुरी पार गर्दै त्रिभुवन आर्मी क्लवकी उषा खनाल पहिलो, १ सेकेण्डले पछि पर्दै नुवाकोटकी लक्ष्मी मगर द्धितीय र २ घण्टा १२ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै धादिङकी सोनी गुरुङ तृतीय भए । उनीहरुले पनि क्रमशः ४०, ३५ र ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यसैगरि पुरुष मास्टर्स ३० प्लस विधामा त्रिभुवन आर्मी क्लवका प्रेमसिंह मन्याल प्रथम, आर्मीकै दिपेश चौधरी द्धितीय र सिन्धुपाल्चोकका हर्क लामा तृतीय भए । उनीहरुले क्रमशः २५, २० र १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । ग्राण्ड मास्र्टस पुरुषतर्फ नेदरल्याण्ड्सका जोन बेन्टिक प्रथम, काठमाडौका भाइराजा महर्जन द्धितीय र काठमाडौंकै ज्ञानेन्द्र स्थापित तृतीय भए । उनीहरुले क्रमशः २०, १५ र १० हजार रुपैयाँ प्राप्त गरे ।
त्यसैगरि चितवन विशेष पुरुषतर्फ सन्दीप श्रेष्ठ प्रथम, प्रमित थापा द्धितीय र रोनिश कर्मचार्य तृतीय भए । उनीहरुले क्रमशः २०, १५ र १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । चितवन विशेष महिलातर्फ मेरिना मगर प्रथम र सुधा तिमिल्सिना द्धितीय भए । उनीहरुले २० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
विजेताहरुलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायतले पुरस्कृत गरे ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]