default_image

3 years ago

April 9, 2022

सरोजलाई तीन स्वर्ण

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय सेनाका सरोज गुरुङले तेस्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार तीन स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न दुई दिने प्रतियोगितामा सरोजले व्यक्तिगत पुम्से, पेयर पुम्से र टिम पुम्सेतर्फ स्वर्ण जितेका हुन् ।

उनले ३०–४० वर्ष उमेर समूहको व्यक्तिगत पुम्सेको फाइनलमा भारतकै पविन्द्र साम्पाङलाई हराउँदै स्वर्ण जिते । पेयर पुम्सेमा भने सरोजले अर्चना साम्पाङसँग मिलेर फाइनलमा रवि थापा र आकृति क्षेत्रीलाई हराए । टिमतर्फ रवि थापा, पविन्द्र साम्पाङसहितको टोलीसँग मिलेर सरोजले स्वर्ण प्राप्त गरे ।

पुरुष सिनियर ५४ केजी मुनि नेपालका निकी थापाले स्वर्ण, भारत पेनोर लामाले रजत तथा भारतका तिलक हिरा र नेपालका वीरेन्द्र बोहोराले कांस्य पदक पाए । सब जुनियर ३१–३३ केजी तौलसमूहमा नेपालकी जेसिका लिम्बुले स्वर्ण जित्दा फाइनलमा भारतकी रिसिता कश्यपलाई हराइन् । सो तौलमा नेपालकै आकृति खापुङले कांस्य पदकमा चित्त बुझाइन् ।

सब जुनियरकै महिला २८–३१ केजीमा भारतका सेली गुरुङले स्वर्ण, बार्बी बोरुहले रजत तथा नेपालका सिखा श्रेष्ठ र सोडिना रिजालले कांस्य पदक प्राप्त गरे । फाइटतर्फ नै महिला जुनियर ४४–४६ केजी तौलसमूहमा भारतकी सृजना कुँवर, भारतकी रेणु गुप्ता, नेपालका सोफिया गुरुङ र सुमित्रा बलामी कांस्य जिते ।

यु–१८ महिला पुम्सेमा नेपालका विविका थापामगर, भारतका आकृति मुखर्जी र प्रिया यादवले कांस्य जिते । १२–१४ वर्ष उमेरसमूहमा नेपालका खुश्बु खाँडले स्वर्ण, समिक्षा आचार्यले रजत तथा भारतकी चैताली भण्डारी र नेपालकी पासङ मोक्तानले कांस्य पदक जिते । जुनियर पुरुष ५५–५९ केजी तौलसमूहमा नेपालका विसान्त केसीले स्वर्ण जित्दा प्रथम प्रधानलाई हराए । सो तौलमा नेपालका सृजन मगर र असिन श्रेष्ठ कांस्य पदकमै खुम्चिए ।

पुरुष जुनियर ४८–५१ केजीमा दार्जलिङका अशोक तामाङले सनिपुरका रजत नेवारलाई हराउँदै स्वर्ण जिते । नेपालका शेख इर्फान र हिमाल भुजेल कांस्य पदकमा नै सीमित भए ।

विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, प्रतियोगिता निर्देशक प्रेम भुजेल, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, प्रतियोगिता संयोजक राकेशकुमार राईलगायतले पुरस्कृत गरे । प्रतियोगितामा नेपालसहित, युके र भारतका करिब पाँच सय खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता निर्देशक भुजेलले जानकारी दिए ।

क्योरोगीको सिनियर पुरुष-महिलामा ६–६, जुनियर पुरुष-महिलामा ७–७ तथा सब जुनियरको पुरुष÷महिलामा जम्मा ७ गरी कुल ३३ स्पर्धा भएको थियो । त्यस्तै पुम्सेमा सब जुनियर, क्याडेट, सिनियर, जुनियर र मास्टर्सतर्फ प्रतिस्पर्धा भएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.