default_image

3 years ago

April 9, 2022

स्यान्टु र सिक्कालाई उपाधि

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिसका स्यान्टु श्रेष्ठ र एपीएफकी सिक्का सुवाल श्रेष्ठले केबी साम ११औं पुर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्स उपाधि शनिबार जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा तीनपटकका राष्ट्रिय च्याम्पियन स्यान्टुले आफ्नै विभागका विनेश खनियाँलाई ७–११, ११–९, ११–९, ११–६, ७–११ र ११–९ को सेटमा पराजित गरे । एक साताको अवधिमा स्यान्टुको यो दोश्रो उपाधि हो । यसअघि उनले चैत १९ गते चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटनिस प्रतियोगितामा भारतीय खेलाडीलाई हराउदै सिंगल्स उपाधि जितेका थिए । नेपाल आर्मी दीप साउन र एपीएफका संयोग कपाली तेश्रो भए ।

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधि भिडन्तमा सिक्काले आर्मीकी स्वेच्छा नेम्वाङलाई ११–४, ११–४, ११–२ र ११–७ को सोझो सेटमा सहजै हराइन् ।

सिक्काको यो पहिलो सिनियर सिंगल्स उपाधि हो । आर्मीकी रविना महर्जन तथा प्रहरीकी सोनु थापा मगर तेश्रो भए । दुवै समूहको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार प्राप्त गरे ।

ह्वीलचेयरको सिंगल्सतर्फ पुरुषमा अर्पण सुनुवार राईले प्रदीप भण्डारीलाई ८–११, ११–५ र ११–६ तथा महिलामा लाली शेर्पाले रजनी राईलाई ११–५ र ११–३ ले फाइनलमा पाखा लगाउदै स्वर्ण हात पारे । स्टेन्डिङको महिला सिंगल्स फाइनलमा रायकोशा शाहीले मेणुका गौतमलाई ४–११, ११–७ र ११–४ को सेटमा पन्छ्याउदै शीर्ष स्थान हात पारिन् ।

मिडियाको पुरुष सिंगल्समा हिमालय टेलिभिजनका सुमन प्रधान पहिलो, कान्तिपुर दैनिकका राजु घिसिङ दोश्रो तथा खेलपाटीका निशान राई र राजधानी दैनिकका दिल तामाङ तेश्रो भए । स्कुलतर्फ आदर्श विद्या मन्दिर (एभीएम) टिम च्याम्पियन बन्यो । एभीएमले ४ स्वर्ण, ६ रजत र ५ कांस्य हात पा¥यो ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, केबी सामका अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमितकुमार बेगानी, आयोजक काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष धर्ममान वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चैत २१ गतेदेखि सुरु प्रतियोगितामा ३ सय ५० खेलाडीले विभिन्न ३४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.