3 years ago
April 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका दोस्रो मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता बैशाख पहिलो सातादेखि हुने भएको छ ।
आयोजक जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले दोस्रो संस्करणको प्रतियोगिता आगमी वैशाख ६ देखि १० गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितालाई ललितपुर महानगरपालिकाले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताका खेलहरु जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा सञ्चालन हुनेछ ।
महिला र पुरुष दुवै तर्फको च्याम्पियनले २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागी हुने टिमले बैशाख ३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्र बागमती प्रदेश सरकारको सहयोगमा स्तरोन्नति भईसकेको छ । अहिले त्यहा नियमित प्रशिक्षण भइरहेको छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]