3 years ago
April 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीको आयोजनामा तेश्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ ।
प्रतियोगिताको राखेपका उपाध्यक्ष शिव कोइरालाले तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई खेल सामाग्री प्रदान गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।
पहिलो दिन सब जुनियर पुरुष ३३ केजीमाथि भारतका नुर जन्नथ, क्याडेट पुरुष ३७–४१ केजीमा नेपालका बुद्ध लामा, सिनियर महिलाको ४६ केजीमुनि नेपालकी अनिता सुब्बा र सब जुनियरको महिला २०–२२ केजीमा नेपालकी योना थापाले स्वर्ण जिते ।
प्रतियोगितामा नेपालसहित, युके र भारतका करिब ५ सय खेलाडीको सहभागिता रहेको प्रतियोगिता निर्देशक प्रेम भुजेलले जनाएका छन् । क्योरोगीको सिनियर पुरुष-महिलामा ६–६, जुनियर पुरुष-महिलामा ७–७ तथा सब जुनियरको पुरुष-महिलामा जम्मा ७ गरी कुल ३३ स्पर्धा समावेश छन् ।
त्यस्तै पुम्सेमा सब जुनियर, क्याडेट, सिनियर, जुनियर र मास्टर्सतर्फ पनि खेल भइरहेको छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]