3 years ago
April 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा बिहीबार च्याम्पियन बनेका छन् ।
पुरुष सिंगल्स फाइनलमा प्रिन्सले दीपेश धामीलाई २१–१५ र २१–१३ को सोझो सेटमा पराजित गरे । बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा भएको महिला फाइनलमा रशिलाले निता लम्साललाई सीधा सेटमा २१–१३ र २१–१३ ले हराइन् ।
यु–१७ पुरुष सिंगल्स फाइनलमा क्षितिज खनालले विवेक चौधरीलाई २०–२२, २१–१० र २१–८ ले पाखा लगाउदै पहिलो भए । सो स्पर्धाको महिलामा रोज पाण्डे पहिलो बनिन् । रोजले फाइनलमा सानिया चन्दको चुनौती २१–७ र २१–९ ले पन्छाइन् ।
पुरुष डबल्स एक्सिक्युटिभ फाइनलमा विधान अधिकारी र विशाल खड्काको जोडीले प्रविन लिङतेब र सुरोज महर्जनको जोडीलाई ३१–२९ र २१–१६ ले पन्छ्याउदै शीर्ष स्थान हात पारे ।
मास्टर्स ४५ वर्षमाथि पुरुष डबल्समा विशाल हिराचन र शम्भु श्रेष्ठको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा पूर्णहरि होना र सञ्जय कपालीको जोडीलाई १७–२१, २२–२० र २१–११ को सेटमा हराए ।
बुद्धि चौधरी र कमल थापाको जोडीले पूर्णचन्द्र जोशी र उमेश केसीको जोडीलाई फाइनलमा २१–१५ र २१–१५ को सोझो सेटमा पाखा लगाउदै मास्टर्स ५५ वर्षमाथि च्याम्पियन बने ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]