default_image

3 years ago

April 7, 2022

नुवाकोटमा हाप्किडो हुने

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आउदो २ देखि ४ जेठसम्म उप–मेयर कप तथा सहिद स्मृति छैठौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगिता हुने भएको छ ।

फाइल तस्विर

वेलकोटगढी नगरपालिकाको सहयोगमा नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटले आयोजना गर्न लागेको सो प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभागीय टिम गरी १० टोलीको खेलाडीहरुको सहभागिता रहनेछ ।

वेलकोटगढी नगरपालिकामा नै हुने प्रतियोगितामा फाइट तर्फ महिला र पुरुष दुवैमा १२–१२ वटा तौल समूहमा प्रतिष्पर्धा हुने आयोजक सस्था नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङको अनुसार सेल्फ डिफेन्स, डेमोष्ट्रेन, हाई फल, रङ फलमा पनि प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा पहिलो हुनेलाई २५ हजार रुपैयाँ, दोश्रो हुनेलाई १५ हजार रुपैयाँ, तेश्रो हुनेलाई १० हजार रुपैयाँ र सान्त्वना स्थान पाउने टोलीलाई ५ हजार रुपयाँ प्रदान गरिने छ ।

उप–मेयर कप तथा सहिद स्मृति छैठौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगितामा वेलकोटगढी नगरपालिकाको ५ लाख रुपैयाँ लगानी रहने वुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रतियोगितामा करिव २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.