3 years ago
April 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्स को लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के४४ र ५७ केजीमुनि र सिर्जना घिसिङ (के ४४ ५२ केजीमुनि)का खेलाडीहरुले खेल्ने निश्चित गरेको छ ।
विश्व तेक्वान्दो महासंघको मिति २०२२-०४-०७ गतेको पत्र अनुसार पलेशा विश्वको नवौं वरीयता र सिर्जना १०औं वरीयतामा रहेकाले वाइल्ड कार्डमार्फत हांग्जाउ २०२२ एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।
पलेशा टोकियो ओलम्पिक २०२० मा दुई फाईट जित्ने र एशियन युथ गेम्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सिर्जनाले एशियन युथ गेम्स र डब्लु टी प्रसिडेन्ट कप एसियन रिजनमा रजत पदक जितेकी थिइन् । प्रशिक्षक लामाका अनुसार हांग्जाउ २०२२ एसियन पारा गेम्सबाट नेपालले पदक ल्याउने ठुलो आशा रहेको बताए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]