default_image

2 years ago

April 6, 2022

कमिन्सको कीर्तिमानी बिष्फोटक ब्याटिङमा कोलकाताको सानदार जित

178 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर प्याट कमिन्सको बिष्फोटक ब्याटिङको सहयोगमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स भने सुरुवाती तीनै खेलमा पराजित भएको छ ।

१ सय ६२ रनको विजयी लक्ष्य कोलकाताले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताको जितमा प्याट कमिन्सले १५ बलमा ४ चौका र ६ छक्कासहित ५६ रनको विष्फोटक इनिङ खेले । उनले १४ बलमै अर्धशतक पूरा गरेका थिए । जुन आइपिएल इतिहासकै सर्वाधिक छिटो अर्धशतक बराबरी हो । यसअघि लोकेश राहुलले २०१८ मा १४ बलमै पन्जाब किंग्सबाट दिल्लीविरुद्ध प्रहार गरेका थिए ।

१६ औं ओभरमा कमिन्सले तीव्र गतिका बलर ड्यानियल साम्सलाई चार छक्कासहित कुल ३५ रन जोडेपछि आइपिएल इतिहासकै सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बराबरी गरेका थिए ।

वेंकटेश ऐर ४१ बलमा ६ चौका र १ छक्कासहित ५० रनमा अविजित रहे । अजिक्या रहाणे ७, श्रेयस ऐर १०, साम बिलिंग्स १७ र आन्द्रे रसेलले ११ रन बनाए । मुम्बईका टाइमल मिल्स र मुरुगन आश्विनले २-२ विकेट लिए । ड्यानियल साम्सले १ विकेट लिए ।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । मुम्बईका सूर्य कुमार यादवले ३६ बलमा ५ चौका र २ छक्कासहित ५२ सर्वाधिक रनमा अविजित रहे । सूर्यले जारी सिजनको पहिलो खेल खेल्दै अर्धशतक बनाएका हुन् ।

युवा ब्याटर तिलक बर्मा २७ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा अविजित रहे । चौथो विकेटका लागि सूर्य र तिलकले ४९ बलमा ८३ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए । ओपनर तथा कप्तान रोहित शर्माले १२ बलमा ३ रन मात्र बनाउन सके । रोहित उमेश यादवको बलमा एज लागेर विकेटकिपर साम बिलिंग्सबाट क्याच भए ।

डेब्यू खेल खेलेका डेवाल्ड ब्रेभिस १९ बलमा २ चौका र २ छक्कासहित २९ रन जोड्दै राम्रो प्रभाव छाडे । उनी स्पिनर बरुण चक्रवर्तीको बलमा विकेटकिपर बिलिंग्सबाट स्टम्पिङ आउट भए । ईशान किशन २१ बल खेल्दै १४ रनमा क्याच भए । अन्तिममा काइरन पोलार्ड ५ बलमा ३ छक्कासहित २२ रनमा अविजित इनिङ खेले ।

कोलकाताका प्याट कमिन्सले ४ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । उमेश यादव र बरुण चक्रवर्तीले १–१ विकेट लिए । यो जितसँगै कोलकाता ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । मुम्बई भने तीन खेलमा जित बिहीन बन्दै नवौं स्थानमा छ ।

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

June 29, 2024

गण्डकीका विश्वास र बागमतीकी जेनिशा सर्वोत्कृष्ट

काठमाडौ (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका विश्वास अधिकारी र बागमती प्रदेशकी जेनिशा विश्वकर्मा प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । गण्डकीको सिनियर टोलीबाट पनि प्रतिनिधित्व गरिसकेका मिडल ब्लकर विश्वासले टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । उनले नै यस च्याम्पियनसिपको टोलीको कप्तानी सम्हालेका थिए । […]

June 29, 2024

गण्डकी र बागमतीलाई यू१९ भलिबल उपाधि

काठमाडौ (हाम्रो खेलकुद – गण्डकी प्रदेश र बागमती प्रदेश प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । गण्डकी पुरुषमा तथा बागमती महिलामा च्याम्पियन बन्न सफल भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा गण्डकीले लुम्बिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल […]

Success

Thank you for your time.