3 years ago
April 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दिपेश धामी र प्रिन्स दाहाल चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा दिपेशले नवीन श्रेष्ठलाई २१–१७ र २१–१९ तथा प्रिन्सले प्रफुल महर्जनलाई २१–१८, २१–२३ र २१–१३ को सेटमा पराजित गरे ।
महिला सिंगल्समा रशिला महर्जनले सुनैना मुखियाँलाई २१–१३ र २१–१७ तथा निता लम्सालले जेशिका गुरुङलाई २१–१५, १९–२१ र २४–२२ को सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
यु–१७ पुरुष सिंगल्समा क्षितिज खनालले डेभिड थापा मगरलाई २१–६ र २१–१८ तथा विवेक चौधरीले रोहित बराललाई २३–२१ र २१–१९ ले पाखा लगाउदै फाइनल यात्रा तय गरे । सो स्पर्धाको महिलामा रोज पाण्डेले एन्जेल लिम्बूलाई १८–२१, २१–१० र २१–१७ तथा सानिया चन्दले एलिना सुनारलाई २२–२० र २१–१४ ले पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे ।
पुरुष एक्सिक्युटिभ डबल्समा प्रवीण लिङतेब र सुरोज महर्जनको जोडीले एसिया जबेगु र दिवस शंकरको जोडीलाई २१–८ र २१–१६ तथा विधान अधिकारी र विशाल खड्काको जोडीले हीरा राई र दीपक राणाको जोडीलाई १७–२१, २१–१५ र २५–२३ को सेटमा निराश पार्दै फाइनलमा स्थान बनाए ।
मास्टर्स ४५ वर्षमाथि पुरुष डबल्समा पूर्णहरि होना र सञ्जय कपालीको जोडी तथा विशाल हिराचन र शम्भु श्रेष्ठको जोडीले स्वर्ण भिडन्त पक्का गरे । मास्टर्सकै ५५ वर्षमाथि पुरुष डबल्समा पूर्णचन्द्र जोशी र उमेश केसीको जोडी तथा बुद्धि चौधरी र कमल थापाको जोडी फाइनलमा भिड्ने भएका छन् ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]