3 years ago
April 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दाङका सुरज ओली र रोल्पाका किसन घर्तीमगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् ।
कैलालीको धनगढीमा भएको छनोट प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजीमा सुरजले बाँकेका धर्मवीर चिडीमार र ५७ केजीमा किसनले बाँकेका विनोद चौधरीलाई पराजित गर्दै पहिलो स्थान हात पारे ।
पुरुषकै ६३ केजी तौल समूहमा दाङका अनिल पुनमगरले स्वर्ण जिते । फाइनलमा उनले पूर्वी रुकुमका गौतम पुनमगरलाई पराजित गरे । पुरुषकै ६९ केजीमा दाङका विकास रानामगरले पाल्पाका असिम धिरेन श्रेष्ठलाई पराजित गर्दैै काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि सिट सुरक्षित गरे ।
पुरुषको ७५ केजीमा दाङका गणेश सुनार र ९१ केजीमा दाङकै केशर खत्रीले राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताअन्तर्गत महिला ५१ केजी तौल समूहमा बाँकेकी माया खत्रीले पहिलो स्थान हात पारिन् । फाइनलमा उनले दाङकी आरती विकलाई पराजित गरिन् ।
५७ केजी तौल समूहमा दाङकी जानकी थापामगरले रोल्पाकी सुशीला थापामगरलाई हराउँदै स्वर्ण पदक पक्का गरिन् । लुम्बिनी प्रदेशबाट ६० केजीमा सुरक्षा कुमाल र ६९ केजीमा बाँकेकी जुनुमाया थारुले पनि राष्ट्रिय प्रतियोगिताका लागि सिट सुरक्षित गरेका छन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]