default_image

3 years ago

April 6, 2022

एभीएमलाई दोहोरो स्वर्ण

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्या मन्दिर (एभीएम) ले केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेको छ । टिम इभेन्टको ब्वाइज÷गल्र्स दुवैमा एभीएम पहिलो भयो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा एभीएमले पुष्पसदनलाई ३–० ले पराजित ग¥यो । सिर्जना ज्ञान सागर र एम्राल्ड एकेडेमी तेश्रो भए ।

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा एभीएमले प्रभातलाई ३–० ले नै हरायो । सिर्जना ज्ञान सागर र प्रोक्सिमाले तेश्रो स्थानमा चित्त बुझाए ।

फरक क्षमता भएकातर्फ पुरुष बहिरा सिंगल्समा सुशान्त लामाले स्वर्ण, अनिल हमालले रजत तथा सुशिल गुरुङ र दावा शेर्पाले कांस्य जिते । प्रतियोगिताअन्तर्गत पुरुष÷महिला खुला सिंगल्सको लिग चरणका खेलहरु सुरु भएका छन् । त्यस्तै भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिका खेलहरु पनि प्रारम्भ भएका छन् ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.