3 years ago
April 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार कार्यभार सम्हालेका छन् । मन्त्री परिषद्को मंसिर १३ गतेको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए ।
राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारी मुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रित दायर गरेका थिए । सो रिट उपर मंसिर ३० गते न्यायधीश हरि फुयाँलको एकल इजलासले सदस्य–सचिव नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेपछि सदस्य–सचिव घिसिङ राखेपमा अनुपस्थित थिए ।
मन्त्री परिषद्को कात्तिक १ गतेको निर्णयले सदस्य–सचिव सिलवाललाई जिम्मेवारी मुक्त गरेको थियो । चैत २२ गते सर्वोच्चका न्यायधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेपछि सदस्य–सचिव घिसिङलाई काममा फर्कन बाटो खुलेको हो । ३ महिना ३ हप्तापछि सदस्य–सचिव घिसिङ काममा फर्केका हुन् ।
कार्यभार सम्हालेपछि सदस्य–सचिव घिसिङले भने– ‘नेपाल खेलकुदका लागि यो अवधि सकसपूर्ण र पीडादायी भो । यसले खेलकुद क्षेत्रमा अपूर्णिय क्षति पुगेको छ । यो बिचमा नेपाली खेलकुद जति तीव्र रुपले अगाडि बढ्नु पर्ने हो त्यसमा अवरोध भएको छ । अब त्यो अवरोधलाई चिर्दै खेलकुदलाई चलायमान बनाउन अगाडि बढ्ने छु ।’
त्यसअघि राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्य–सचिव कुलबहादुर थापा, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतले सदस्य–सचिव घिसिङको स्वागत गरेका थिए ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]