default_image

3 years ago

April 6, 2022

नेपालमा एरोविक टेबल टेनिसको सुरुवात

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलोपटक एरोविक टेबल टेनिसको सुरुवात भएको छ । एप्रिल ६ अर्थात विश्व टेबल टेनिस दिवसको दिन आज (बुधबार) नेपाल एपिएफ क्लबमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गर्दै औपचारिक सुरुवात गरेका हुन् ।

लण्डनस्थित एरोविक टेबल टेनिसका संस्थापक स्टिभ रोले आफ्नो उपस्थितीमा एरोविक टेबल टेनिसका बारेमा जानकारी प्रदान गरेका थिए । स्टिभले एन्डिजकी संस्थापक अनिता महर्जनलाई एकेडेमीको नेपालमा औपचारिकताको प्रमाण पत्र प्रदान गरे ।

यस्तै एरोविक टेबल टेनिसका प्रमुख कार्यकारी स्टिभले नेपालस्थित एकेडेमीमा रहेका छात्र तथा छात्रालाई प्रशिक्षण प्रदान गर्ने र प्रशिक्षणमा उत्कृष्ट रहेका ३ छात्र तथा ३ छात्रालाई लण्डनस्थित एकेडेमीमा प्रशिक्षणका लागि छात्रबृत्ती प्रदान गर्नेछन् ।

यस्तै पूर्व सम्झौता अनुसार डिएचएसले प्रशिक्षणका लागि आवश्यक रोवोट र स्टेग ब्रान्डको टेबल टेनिस बोर्ड प्रायोजन गरेको छ । प्रशिक्षणमा उपयोगी रोवोट पहिलोपटक प्रयोगमा आएको एनिज पिङ पोङ क्लबकी संस्थापक अनिता महर्जनले जानकारी गराईन् ।

अनिता एरोविक टेबल टेनिसकी ब्राण्ड एम्बेसडर समेत हुन् । अनिताले एकल प्रयासमा सामाखुसीस्थित आफ्नै घरमा १५ लाखको लागतमा एन्निज पिङ पोङ क्बल स्थापना गरि बच्चाहरुलाई निशुल्क टेबल टेनिस प्रशिक्षण प्रदान गर्दै आईरहेकी छिन् ।

लण्डनस्थित एरोविक टेबलटेनिस २०११ मा स्टिभ रोले स्थापना गरेका हुन् । एरोविक टेबलटेनिस नवखेलाडीहरुलाई एरोविकको माध्ययमबाट शारीरिक तन्दुरुस्त बनाउने कार्यक्रम हो ।

खेलाडीहरुलाई एरोविकका माध्ययमले शारीरिक तन्दुरुस्त बनाउनुका साथै साँगितिक धुनको तालमा खेलाडीहरुलाई वर्कआउट, फुटवर्क गराउने जसका कारण खेलाडीहरुले आनन्द महशुस गर्दै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबलटेनिस खेलको पूर्ण ज्ञान र प्रशिक्षण प्राप्त गर्नेछन् । टेबलटेनिसमा रिदम र टाईमिङ्ग महत्वपूर्ण हुन्छ ।

यसलाई संगितसंग तालमेल मिलाउन सके टेबलटेनिस सिक्न अझै मद्धत पुग्छ । एरोविक टेबलटेनिस उच्च ईनर्जी फिटनेश वर्कआउट र टेबलटेनिसको सामूहिक गठबन्धन हो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.