default_image

3 years ago

April 5, 2022

फुटसल टोली किर्गिस्तान प्रस्थान

275 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप क्वालिफायर फुटसलका लागि नेपाली टोली किर्गिस्तान प्रस्थान गरेको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बिदाई गरेको छ ।

नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली, महासचिव इन्द्रमान तुलाधर, फुटसल कमिटिका संयोजक रत्न कुमार श्रेष्ठ, सदस्य मधुसुदन उपाध्यय, फुटसलका प्रमुख विनोद गुरुङलगायतले बिदाई गरे । फुटसलका मुख्य प्रशिक्षक गौरव बस्नेतले गत साता २२ सदस्यीय टोलीबाट अन्तिम १४ सदस्यीय टोली घोषणा गरेका थिए ।

एएफसी फुटसल एसियन कप छनोट चरणको खेलहरु १ देखि १५ अप्रिलसम्म किर्गिस्तानमा हुँदैछ । छनोटमा समूह ‘बी’ नेपालसहित उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपालले १० अप्रिलमा उज्वेकिस्तानसँग पहिलो खेल खेल्नेछ । ११ अप्रिलमा ताजिकिस्तान र १२ अप्रिलमा अफगानिस्तानसँग खेल्नेछ । सबै खेल किर्गिस्तानस्थित विशेस ग्याजप्रोम स्पोर्ट्स कम्प्लेक्समा हुनेछ ।

समूह ‘ए’ मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स परेका छन् । प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन् ।

यस क्षेत्रबाट कुल ४ टोली छनोट हुँदा पश्चिमबाट ५, पुर्वबाट ३ तथा आसीआन क्षेत्रबाट ३ टोली छनोट हुनेछन् । आयोजक कुवेत अन्तिम चरणका लागि छनोट भइसकेको छ ।

अन्तिम टोली

गोलरक्षक – अनिष श्रेष्ठ र विश्वास पौडेल
फिक्सो – विजय श्रेष्ठ, सरोज तामाङ र सुरज गुरुङ
एला – आदिल हामिद, क्रिजल खड्का, मणि कुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ र उर्केन शेर्पा
पिभोट – हेमन्त गुरुङ, खिमराज गुरुङ र किशोर गुरुङ

गौरव बस्नेत (मुख्य प्रशिक्षक), आदर्श कुमार सिंह (टिम डक्टर), महेश कुमार श्रेष्ठ (टिम अफिसियल), प्रकाश पंगेनी (टिम अफिसियल), मिलन गुरुङ (टिम अफिसियल), मुकुन्द घिमिरे (मिडिया) र विनय ज्योति सापकोटा (मिडिया)

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.